ओडीसी इन्टरनेसनल एकेडेमीको आयोजनामा ११औँ ओडीसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंसिर ८ गते शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा जुनियर छात्रतर्फ २४ र सिनियर छात्रामा १६ गरी ४० टिमको सहभागिता रहने ओडीसीका प्रिन्सिपल नारायण रोकाले मंसिर ६ गते बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । छात्र टिमलाई ८ तथा छात्रालाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । छात्राको स्पर्धा थ्री बाई थ्री स्वरूपमा हुनेछ ।
जुनियर छात्रामा एन्जल्स हार्ट र सिनियर छात्रामा एचएचसीए डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने ओडीसीकी अध्यक्ष पवित्रा थापाले जानकारी गराइन् । मंसिर १५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू धापासीस्थित आयोजककै कोर्टमा हुनेछन् ।
प्रतिक्रिया