बोको हरामको विद्युतीय धरापमा परेर ७० सैनिकको मृत्यु

बोको हरामको विद्युतीय धरापमा परेर ७० सैनिकको मृत्यु


नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बोको हरामले राखेको विद्युतीय धरापमा परी ७० भन्दा बढी सुरक्षाकर्मीहरू मारिएका छन् ।

केही दिनअघि भएको घटनामा परी उनीहरू मारिएको सैन्य अधिकारीहरूलाई उद्धत गर्दै सिन्ह्वाले जनाएको छ ।

बोर्नोको मेलेटे क्षेत्रमा बोको हरामले सुरक्षाकर्मीहरूको टोलीलाई लक्षित गरेर राखेको विद्युतीय धरापमा उनीहरू परेको जनाइएको छ ।

मारिएका मध्ये अधिकांश तल्लो तहका सैनिक र एक जना प्रमुख सेनानी रहेका छन् । तर सैन्य प्रवक्ताले भने यस बारेमा कुनै प्रतिक्रिया दिनु भएको छैन ।