बेलायती सैनिक प्रमुखको आरोप- आतङ्कवादी समूहभन्दा रूसको खतरा बढी

बेलायती सैनिक प्रमुखको आरोप- आतङ्कवादी समूहभन्दा रूसको खतरा बढी


बेलायतको सुरक्षामा कुनै आतङ्कवादी समूहभन्दा रूसबाट बढी खतरा रहेकोे बताइएको छ । बेलायती सेना प्रमुख जनरल मार्क कार्लेटन–स्मिथले ‘दि टेलिग्राफ’ दैनिकमा शनिबार प्रकाशित एक अन्तर्वार्तामा बेलायतलाई स्लामिक स्टेट (आइएस) र अल कायदाभन्दा रूसी पक्षबाट खतरा बढी रहेको बताएका हुन् ।

मस्कोले आफ्नो राष्ट्रिय हितका नाममा ‘पश्चिमी सुरक्षा सम्वेदनशील क्षेत्रमा’ आफ्नो सेनालाई प्रयोग गर्न चाहेको देखिएको कार्लेटन–स्मिथले आरोप लगाए ।

रूसले बेलायत तथा पश्चिमा मुलुकमा खासगरी साइबर, स्पेस तथा सामुद्रिक सतहमूनि हुने गैर–परम्परागत क्षेत्रहरूमा योजनावद्ध तरिकाले सुरक्षा खतरा बढाएको उनको भनाई छ । …

सन् २०१८ मा रूस र चीनको सम्बन्ध ऐतिहासिक रूपमा नै निकै कमजोर देखिएको छ । गत मार्चमा ६६ वर्षीय पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी ३३ वर्षीया छोरीमाथि स्नायुप्रणालीमा असर गर्ने नोभिचोक भनिने विषालु पदार्थबाट आक्रमण भएको र यसमा रुसी सरकारको उच्च तहबाटै हत्याको प्रयास गराएको आरोपसमेत बेलायतको छ ।

रुसी सैन्य गुप्तचर एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफले हत्याको प्रयास गरेको आरोप बेलायतले लगाउँदा रुसले चाहिँ बेलायतको आरोप आधारहीन भएको भन्दै खण्डन गरेको थियो ।

यससँगै बेलायतले केही रूसी कुटनीतिज्ञलाई देश निकाला गरेको थियो भने मस्कोले पनि जस्तालाई तस्तै भन्ने खालको समान निर्णयमार्फत बेलायती कुटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको थियो ।