सप्तरी बस दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई राहत

सप्तरी बस दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई राहत


सप्तरीको इर्नवामा भएको बस दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई प्रदेश सरकारले प्रति परिवार एक–एक लाख रुपैँया राहत स्वरुप दिने भएको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रदेश २ सरकारले बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प राहत स्वरुप एक–एक लाख रुपैँया दिने घोषणा गरेको हो ।

यस्तै, दुर्घटनामा परी घाइते भएकाको उपचार खर्च समेत प्रदेश सरकारले बेर्होने जनाएको छ । त्यसैगरी, प्रदेश नम्बर २ मा सडक दुर्घटना बढेकाले न्यूनीकरणको उपाय सहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिएर उच्च स्तरीय समिति गठन गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । यसअघि, दुर्घटना परी मृत्यु भएकाको परिवारलाई डाकनेश्वरी नगरपालिकाले किरिया खर्च बापत २५–२५ हजार रुपैँया प्रदान गर्ने समेत निर्णय गरेको थियो । त्यस्तै, शोक मनाउन भोलि स्थानीय तहमा बिदा दिने समेत नगरपालिकाले निर्णय गरेको थियो । शुक्रबार सुनसरीको बराहक्षेत्र धामबाट फर्किने क्रममा राजविराज–हनुमाननगर सडक खण्ड अन्तरगत इर्नवाटोल नजिक सडक भन्दा उतर रहेको पोखरीमा पल्टेको थियो ।

सुनसरीको बराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्किने क्रममा को १ ख २७९९ नम्बरको बस सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १० स्थित इनरुवा चौक नजिकै दुर्घटना भएको थियो । ३ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।