आजको पञ्चाङ्ग एवम् राशिफल (२६ वैशाख २०८१ बुधबार, ८ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ वैशाख २०८१ बुधबार, ८ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख २६ गते तद्अनुसार सन् २०२४ मे ८ तारिख बुधबार वैशाख कृष्ण पक्षको अमावश्या तिथि ९ः६ पर वैशाख शुक्ल पक्षको प्रतिपदा तिथि रेवती भरणी नक्षत्र सौभाग्य योग किंस्तुघ्न करण आनन्दादिमा काण योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२१ मा भयो र सूर्यास्त साँझ १८ः४१ मा हुनेछ । स्नान दानको लागि औंसी, मातातीर्थ स्नान, आमाको मुख हेर्ने, रेडक्रस दिवस, कानून दिवस ।

आजको राशिफल

मेष – समय खासै अनुकुल त होइन तर अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । सफलताको लागि समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहने समय छ ।

वृष – आजको दिन सानातिना काम तथा घरेलु समस्यामा अल्झनुपर्ला । तर, आश मारेको फल पुनः प्राप्त हुन सक्छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । विशेष कर्म गर्दै हुनुहुन्छ भने धक नमानीकन परिवारजनको सहयोग लिनु उचित हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागको भाव जागृत होला ।

मिथुन – आजको दिन केही चुनौतीको सामना गर्नुपर्ला । स्वास्थ्यमा केही कमजोरी अनुभूति हुनेछ, तथापि मनोबल उच्च रहला । व्यापार-व्यवसायमा लाभको योग छ । व्यावसायिक कार्यमा यात्रा हुने सम्भावना छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, ध्यान राख्नुहोला । पराक्रम वृद्धि होला, शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने समय छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोखपूर्तिका लागि खर्च बढ्ला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ ।

सिंह – बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ, तर अरूको मात्र भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ, ख्याल राख्नुहोला । रसरागात्मक कर्ममा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखको अवस्था रहला ।

कन्या – दोडधुप केही बढेपनि अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइएला । अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । जस्तोसुकै समस्याको पनि समाधान मिल्ने योग छ । कार्यगति वृद्धि होला ।

तुला – इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्ने समय छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ, तर खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु हितकर हुनेछ । आरोग्यबल बढ्नेछ । आजको दिन आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले विशेष सजगता अपनाउनु उचित होला ।

वृश्चिक – रोकिएका काम बिस्तारै बन्नेछन् । आत्मविश्वास बढ्नेछ । पठनपाठनमा राम्रै प्रगति होला । स्वादिष्ट भोजनमा मन रमाउनेछ । आजको दिन मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले विशेष सावधानीका साथ व्यवहार गर्नुहोला । आरोग्यता बढ्नेछ । शत्रुलाई जित्ने क्षमता अभिवृद्धि हुनेछ ।

धनु – नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव शिरोधार्य गर्दा उचित हुनेछ । अनावश्यक भेटघाटमा समय ब्यतीत हुन सक्छ । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्ने छ र सुख विलासको भाव वृद्धि हुने समय छ ।

मकर – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय भएपनि आजको दिन कमजोर मानसिकताले पछि परिने सम्भावना छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुन सक्छ । तर, उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने योग छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – गरिएका कर्मको उचित प्रतिफल पाइनेछ तर पुरानो गतिले काम बिग्रन सक्छ, सचेत रहनुहोला । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । धन आर्जन हुने योग छ । पारिवारिक जमघटमा मन रमाउला । पराक्रम वृद्धि हुनेछ । मूलतः आर्थिक विकाससित सम्बन्धित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने प्रयत्न गर्दा धेरैलाई आफ्नो पक्षमा लिन सकिएला । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा सफलता मिल्नेछ । मान–महत्व वृद्धि होला । आरोग्यता रहनेछ । आफन्तजनको साथ मिल्नेछ ।