बार्सिलोना हारबाट जोगियो

बार्सिलोना हारबाट जोगियो


शनिबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा र्शीष स्थानमा रहेको बार्सिलोना हारबाट जोगिएको छ । औसमाने डेम्वेलेले इन्जुरी समयमा गोल गर्दै ट्लेटिको म्याड्रिडसँगको हारबाट बार्सिलोनालाई जोगाएको हो ।

एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा इन्जुरी समयमा डेम्बेले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहीत बाराबरीमा सकिएको थियो ।

खेलको ७७औं मिनेटमा डिएगो कोस्टाको गोल गर्दै घरेलु टोली एट्लेटिलाई अग्रता दिलाएको थियो । उनले एन्टोइन ग्रिजमनको पासलाई गोलमा परिणत गरेका थिए । जित नजिक पुगेको एट्लेटिको अन्तिम मिनेटमा सम्हालिन नसक्दा गोल खान पुग्यो । ९०औं मिनेटमा औसमाने डेम्वेलेले लियोनेल मेस्सीको पासलाई सदुपयोग गर्दै बार्सिलोनालाई हारबाट जोगाए । १३ खेलबाट २५ अंक जोड्दै बार्सिलोना शीर्षस्थानमा नै छ भने एट्लेटिक समान १३ खेल खेल्दै २४ अंकसहित दोस्रो स्थानाम रहेको छ ।