पराजयको जिम्मेवारी लिँदै ताइवानी राष्ट्रपतिद्वारा दलको नेतृत्वबाट राजीनामा

पराजयको जिम्मेवारी लिँदै ताइवानी राष्ट्रपतिद्वारा दलको नेतृत्वबाट राजीनामा


ताइवानका राष्ट्रपति साई इङ–वेनको दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले स्थानीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ ।

राष्ट्रपति साईले स्थानीय निर्वाचनमा आफ्नो दल डीपीपीको पराजयको जिम्मेवारी लिँदै दलको नेतृत्वबाट शनिबार राजीनामाको घोषणा गरेकी छिन् ।

राष्ट्रपति साईले अकस्मात् गरेको राजीनामाको घोषणा सार्वजनिक गर्दै सञ्चारकर्मीसँग भनिन्, ‘मैले आज आएको निर्वाचनको नतिजा पार्टी प्रमुखका हैसियतमा जिम्मेवारी लिँदै राजीनामा दिएकी छु ।’

‘हाम्रो प्रयास पर्याप्त हुन नसकेका कारण पराजय भएको छ । दललाई सफल बनाउन हामीसँगै संघर्ष गरेका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति कृतज्ञता प्रकट गर्दै दललाई सफल पार्न नसकेकोमा म क्षमायाचना गर्दछु,’ साई भनिन् ।