बीआईबी बास्केटबल सोमबारदेखि

बीआईबी बास्केटबल सोमबारदेखि


बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा तेस्रो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंसिर १० गते सोमबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा विभिन्न १५ विद्यालयका २० टिमको सहभागिता रहने आयोजक विद्यालयका प्रिन्सिपल हरि लामाले जनाएका छन् । ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

छात्रमा बाबा र छात्रामा एचएचसीए डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । साताव्यापी प्रतियोगिताका खेलहरू अत्तरखेलस्थित आयोजककै कोर्टमा हुनेछ ।