नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट अर्गनाइजेसनको आयोजनामा महिला हिंसाविरुद्ध महिलाको सहभागिता जनचेतनामूलक प्रशिक्षण तथा आत्मरक्षा तालिम शुभारम्भ भएको छ ।
तालिमको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । तीनमहिने तालिम उपत्यकालगायत विभिन्न जिल्लामा पनि सञ्चालन गरिने आयोजक अर्गनाइजेसनका अध्यक्ष डीबी नेपालीले जनाएका छन् । तालिममा करिब १ सय प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
सो अवसरमा अर्गनाइजेसनकै आयोजनामा भएको साताव्यापी प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी तालिमका सहभागीहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया