रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2‘इबोला’सँग लड्न ‘जिम्याप’ तयार
यतिबेला विश्व नै इबोला भाइरसको नामले त्रस्त छ । पश्चिम अफ्रिकामा मात्र लगभग २० हजार मानिस यस खतर्नाक रोगको चपेटामा परेका छन् भने त्यहाँ १५ सयभन्दा बढी व्यक्तिको ज्यान इबोला भाइरसले लिइसकेको छ । सङ्क्रमण भएपछि बचाउने कुनै उपाय नै नभएको कारण आतङ्ककै पर्याय बनिरहेको यो रोग अन्य मुलुकमा फैलन नदिन अनेक प्रयत्न गरिँदैछ र पनि पूर्ण रुपले ढुक्क हुन कोही सकिरहेका छैनन् । यस्तै परिवेशबीच ज्यानमारा इबोला भाइरसबिरुद्ध तयार गरिएको ‘जीम्याप’ नामक प्रयोगात्मक औषधि बाँदरमा प्रयोग गरिएको र त्यो शत्प्रतिशत प्रभावकारी पाइएको दाबी गरिएको छ । नेचर पत्रिकामा प्रकाशित एक शोधमा सम्बन्धित वैज्ञानिकहरूले इबोला भाइरससँग लड्ने सवालमा यो एक अत्यन्त महत्वपूर्ण कदम भएको बताएका छन् । सो भाइरसबाट सङ्क्रमित भएको तीन–चार दिनपछि पनि उक्त औषधि असरदार देखिएकोले ठूलो आशा जागेको सम्बद्ध अनुसन्धानकर्ताहरूको कथन छ । तर, बाँदरमा सफल देखिएको यो औषधि मानिसमा भने प्रयोग भइसकेको छैन । मानिसमा समेत प्रयोग भएपछि मात्र यसलाई पर्याप्त मात्रामा तयार गरिने बताइएको छ ।

सर्प पालेर मालामाल
संसारमा यस्ता कैयौँ मानिस छन् जो खतरापूणर््ँ काम गरेर आनन्द लिन चाहन्छन् । यस्तैमध्येका हुन् चीनको चुङकिङनिवासी दाजुभाइ योङ जूनी र योङ जुनलुन पनि । यी दाजुभाइ मिलेर साढे तीन एकड जमिनमा फार्म हाउस सञ्चालन गरेका छन् । उक्त फार्म हाउसमा पचास हजारभन्दा बढी सर्प पालिएको छ । तीस हजारको सङ्ख्यामा खतर्नाक विÈालु कोब्रा र अन्य जातका २० हजारभन्दा बढी सर्पको रखवारी उनीहरू आफैँ गर्दछन् । ती सर्पलाई आहारा खोजेर ल्याउने कामका लागि अन्य २० कामदार नियुक्त गरिएको छ । कामदारहरू विभिन्न जनावरको सिकार गरी पाल्तु सर्पलाई खुवाउने काममा खटिन्छन् । कैयन पटक ती दाजुभाइलाई सर्पले डसिसकेको छ, तर, सर्पपालनप्रति मोह घट्नुको साटो बढिरहेको ती बताउँछन् । सर्पको छालाबाट हुने कमाईले त्यसको डसाइको पीडा फिक्का तुल्याइदिने उनीहरूको भनाई छ । उनीहरूको फर्मबाट खासगरी एसियाली देश तथा संसारभर नै सर्प सप्लाई हुने गरेको छ ।

माउसुलीमार्फत् कत्रो खुलासा
माउसुलीको पुच्छर आफैँ चुँडिने र फेरि नयाँ पलाउने कुरा हरदम कौतुहलको विÈय बन्दै आएको छ । तर, वैज्ञानिकहरूले यसको रहश्य पत्ता लगाएका छन् । वैज्ञानिकहरूले माउसुलीको अङ्ग निर्माण्ँ हुने जेनेटिक फर्मुलाको पनि खोज गरेका छन् । अन्वेÈकहरूको दाबी छ कि जेनेटिक मेटेरियलको सही मात्रामा मिश्रण्ँ हुँदा यो सम्भव हुन्छ । सम्बन्धित वैज्ञानिकहरूका अनुसार माउसुलीमा पाइने अङ्ग पुनर्निर्माण्ँको जेनेटिक फर्मुला पत्ता लगाएर त्यही जिन मानव कोसिकामा प्रत्यारोपण्ँ गरी मानव अङ्गको निर्माण्ँ गर्न सकिन्छ । अर्थात्, यस प्रविधिको माध्यमबाट भविष्यमा काटिर्लेज, मांसपेसी तथा मेरुदण्डको हड्डीसमेत निर्माण्ँ सम्भव हुनेछ । एरिजोना स्टेट युनिभसिर्टीका केनरो कुसुमीका अनुसार माउसुलीमा हुने जिन मानिसमा पनि हुन्छ । माउसुली मनुष्यको शारीरिक संरचनासँग सबभन्दा ज्यादा मेल खानेवाला जिव हो । अङ्गको पुननिर्माण्ँमा सामेल जिनको पूरै जानकारी हासिल गरेर अर्को पिँढीको प्रविधिमार्फत् यस रहश्यलाई सुल्झाइने छ, जसका लागि धेरै वर्È कुर्नुपर्दैन । पिएलओएस ओनएइ नामक जर्नलमा प्रकाशित भएअनुसार यस खोजबाट ढाडको मुख्य हड्डीमा लाग्ने चोट, जन्मसम्बन्धी विकृति तथा जोर्नी दुख्ने रोगबाट मुक्ति पाउन समेत मद्दत मिल्नेछ ।

फेसबुकमा अश्लिल हर्कत बढेपछि…
फेसबुकमा उत्तेजक तस्बिर तथा कामुक अर्थ लाग्ने स्ट्याटस म्यासेज पोस्ट गरेर आफ्नो पब्लिसिटी गर्दै आएकी मुम्बईकी चर्चित मोडल पुनम पाण्डेको फेसबुक एकाउण्ट डिएक्टिभ गरिएको छ । पिज्जा खाएकोदेखि बेडरुममा सुतेसम्मका क्षणहरू ‘अपडेट’ गर्ने ‘सोसल मिडियाक्वीन’ पाण्डेको एकाउण्ट डिएक्टिभ भएपछि उनका ‘प्रशंसक’हरू निरास बन्न पुगेका छन् । उनलाई फेसबुकमार्फत् फलो गर्ने २० लाखभन्दा बढी फ्यानहरू थिए । ट्वीटरमार्फत तिनलाई सम्बोधन गर्दै पुनमले ‘मित्रहरू, मेरो आधिकारिक फेसबुक पेज डिएक्टिभ भयो, मेरो गुमेको पेज मलाई कसरी फिर्ता हुन सक्छ बताइदिनुहोस् ?’ भन्दै ट्वीट गरेकी थिइन् । कसैको नक्कली नाममा एकाउण्ट खोलेर दुरुपयोग गरिएको उजुरी परेमा, धेरै ग्रुपसँग जोडिने अनावश्यक हर्कत देखाएमा, धेरै फ्रेण्ड रिक्वेस्ट पठाएमा, मार्केटिङको लागि पेजको दुरुपयोग गरेमा र उत्तेजक या अश्लिल तस्बिर तथा म्यासेज पोस्ट गरेमा फेसबुकले कसैको पनि एकाउण्ट डिएक्टिभ गरिदिन सक्छ ।