डुंगा डुब्दा २२ को मृत्यु, ६० बेपत्ता

डुंगा डुब्दा २२ को मृत्यु, ६० बेपत्ता


युगाण्डाको मुकोनो जिल्लामा भएको डुंगा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरूले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुंगा पल्टेको बताइएको छ ।

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरू २६ जनालाई जीवितै उद्धार गरिएको युगाण्डा प्रहरीका निर्देशक असुमान मुगेन्यीले बताए ।

डुंगा दुर्घटनामा बाँच्न सफल एकजना यात्रुले दिएको जानकारीअनुसार डुंगामा झन्डै ९० जना यात्रु रहेका थिए । राजधानी काम्पालानजिकै पर्ने मुकोनो जिल्लाको भिक्टोरिया तालमा डुंगा सफारीका क्रममा यो दुर्घटना भएको हो । डुंगामा रहेकाहरू अधिकांशले मदिरा सेवन गरेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

काम्पालका प्रहरी प्रवक्ता लुके ओवेयेसिगिरले घटना भएको पुष्टि गरे पनि आधिकारिक पूर्ण विवरणहरू भने अझै आइनसकेको बताए ।