एक महिनामै सरुवा रोगबाट चीनमा दुई हजारको मृत्यु

एक महिनामै सरुवा रोगबाट चीनमा दुई हजारको मृत्यु


संक्रामक रोगका कारण चीनमा गत एक महिनामा दुई हजारभन्दा बढीको मृत्यु भएको छ । हालै सार्वजनिक भएको एक तथ्यांकअनुसार गत अक्टोबरमा मात्रै संक्रामक रोगका कारण दुई हजार १ सय ३८ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै हेल्थ न्युजले लेखेको समाचारमा अक्टोबरमा ६ लाख चार हजार २ सय ८२ जनामा सक्रमण देखिएको थियो । मृत्यु भएकामध्ये ९३ प्रतिशतको ख वर्गका संक्रामक रोगहरू हेपाटाइटिस, क्षयरोग, सिफिलिस, गोनोरियाका कारण भएको आयोगको भनाइ छ ।

नोभेम्बर महिनामा हैजाका बिरामी एकजना मात्रै भेटिएका थिए । चीनमा हैजा र प्लेगलाई मुख्य संक्रामक रोगको सूचीमा राखिएको छ । चीनमा क वर्गको संक्रामक रोगमा हैजा र प्लेगलाई राखिएको छ ।