राजधानीका छाडा चौपाया व्यवस्थापन गर्न गौशाला बनाइने

राजधानीका छाडा चौपाया व्यवस्थापन गर्न गौशाला बनाइने


ललितपुरका किसानले थारा, बूढीगाई र बहरबाट दूध प्राप्त नहुने भएपछि त्यसको उचित व्यवस्थापनमा सहजीकरण गरिदिन कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनाललाई आग्रह गरेका छन् ।

नेपाल पाराभेटेनरी एण्ड लाइभस्टक एसोसिएसनको २९औँ स्थापना दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री खनाललाई सो आग्रह गरिएको हो । कार्यक्रममा मन्त्री खनालले किसानको गुनासो उचित भएको बताउँदै उक्त चौपायाबाट प्रांगारिक मल प्राप्त हुने भएकाले गौशालाको निर्माण गरी व्यवस्थापन गर्ने सोचाइमा सरकार रहेको बताए । सो अवसरमा मन्त्री खनालले राष्ट्रको प्राथमिकतामा कृषि र पशुपालन प्रमुख आधार रहेको जानकारी दिए ।

नेपालको संविधानले गाईलाई मासुका रूपमा प्रयोग गर्न निषेध गरेको छ । गौशाला निर्माण गर्नु नै उचित व्यवस्थापनको विकल्प रहेको बताइन्छ ।