मुटु जोडिएका जुम्ल्याहा बालिकाको मृत्यु

मुटु जोडिएका जुम्ल्याहा बालिकाको मृत्यु


कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ ।

तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको गए राति मृत्यु भएको हो । गएको आइतबार रास्कोट नगरपालिका– ५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन् । श्वासको गति बढ्दै गएपछि जुम्ल्याहा बालिकाको मृत्यु भएको डा राजीव शाहले जानकारी दिए । ‘भिडियो एक्स–रे गरेर हेर्दा जुम्ल्याहा बालिका दुवैको मुटु जोडिएको थियो’, उनले भने, ‘मुटु जोडिएकाको शल्यक्रिया गर्न सकिदैन ।’ आमा ललिताको ज्यान जोगाउन चिकित्सक सफल भएका थिए ।