ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । खेल विहान ११ बजेदेखि सुरु हुनेछ ।
लिगको चौथो राउण्डको पहिलो खेलमा नेपाल आर्मी क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने लिगको दोस्रो स्थानमा रहेको संकटाले आर्मीसँग प्रतिस्पस्पर्धा गर्ने भएको छ । यस्तै, एन्फा कम्प्लेक्सको खेल मैदानमा नै आज दिउँसो २ बजेर ३० मिनेटमा थ्रीस्टारले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दैछ ।
तुलनात्मक रुपमा एनआरटीभन्दा थ्रीस्टार क्लब बलियो मानिएको छ । थ्रीस्टारले दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दा एनआरटीले दुई खेलमा पराजित र एक खेलमा बराबरी खेलेको छ । यता, थ्रीस्टार एनआरटीलाई पराजित गर्दै स्पष्ट तीन अंक बटुल्ने लक्ष्यमा रहेको छ भने एनआरटी थ्रीस्टारलाई रोक्ने दाउँमा छ ।
प्रतिक्रिया