बाढीका कारण इराकमा २१ जनाको मृत्यु

बाढीका कारण इराकमा २१ जनाको मृत्यु


इराकमा व्यापक वर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएको इराकी अधिकारीले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।

‘वर्षापछि आएको बाढीका कारण दर्जनौँ बस्ती डुबानमा परेका र शनिबार र आइतबार गरी जम्मा २१ जनाको मृत्यु भएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल–बाडरले भने ।

देशको कैयौँ भागमा खेतीजन्य जमिन डुबान हुँदा ठूलो मूल्यबराबरको बालीनाली, फलफूल तथा तरकारीसमेत नष्ट भएको उनले बताए । बाढीको कारण भएको क्षतिको विवरण प्राप्त भइरहेकोे बताउँदै बाढीका कारण मृत्यु हुनेको संख्यामा थप वृद्धि हुन सक्ने उनको भनाइ छ ।

वर्षापछि आएको बाढीमा मृत्यु हुने अधिकांश डुबानका कारण घरहरूमा फसेका नागरिकलाई समयमै उद्धार गर्न नसक्दा मृत्यु भएको बाढीपीडितका आफन्तजनले बताए ।