नेपाल ६३ स्वर्णसहित टिम च्याम्पियन

नेपाल ६३ स्वर्णसहित टिम च्याम्पियन


नेपाल १६औँ डब्लूकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बनेको छ । नेपाल ६३ स्वर्ण हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । दोस्रो भएको भारतले १५ स्वर्ण हात पाऱ्यो । त्यस्तै बंगलादेशले ५ स्वर्णसहित तेस्रो स्थान र चौथो स्थानमा रहेको श्रीलंकाले २ स्वर्ण जितेको थियो ।

अन्तर्राष्ट्रिय बादो महासंघ र अल नेपाल बादोकाई कराते संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बेस्ट फाइटरमा पुरुषतर्फ श्रीलंकाका धनुस्का प्रदीप र महिलातर्फ नेपालकी दिव्या गौतम घोषित भए । यस्तै, उदीयमान खेलाडीमा पुरुषतर्फ बंगलादेशका मोहम्मद नूर हुसेन र महिलातर्फ भारतकी शान्ति सिकोम उत्कृष्ट भए ।

विजयी खेलाडी तथा टिमलाई पूर्वरक्षामन्त्री तथा माननीय सङ्घीय सांसद भीमसेनदास प्रधानले पुरस्कार वितरण गरेका थिए । च्याम्पियनसिपमा नेपालका २००, भारतका ४८, बंगलादेशका १७ र श्रीलंकाका नौ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।