नेपाल इक्वेस्ट्रियन संघको आयोजनामा पाँचौँ राष्ट्रिय इक्वेस्ट्रियन प्रतियोगिता टुँडिखेलमा हुने भएको छ । मंसिर ९ गते आइतबार आयोजित कार्यक्रम संघ अध्यक्ष रवि राजकर्णिकारले उक्त कुराको जानकारी गराएका हुन् ।
प्रतियोगितामा पुरुषतर्फ ३ र महिलामा २ गरी ५ स्पर्धा समावेश गरिएको आयोजक संघका महासचिव बलराम श्रेष्ठले बताए । सबैमा इभेन्टमा मिलाएर करिब २५ खेलाडीको सहभागिता रहने श्रेष्ठले बताए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको छ ।
प्रतियोगितालाई जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको वारस्टेनरले मुख्य प्रायोजन गर्ने भएको छ । मुख्य प्रायोजन १२ लाख रुपैयाँ रहेको छ । सोसम्बन्धी सम्झौतापत्रमा आयोजक संघका अध्यक्ष रवि राजकर्णिकार र वारस्टेनरका प्रमुख कार्यकारी निर्देशक ससिन जोशीले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया