नक्साललाई टिम च्याम्पियनको उपाधि

नक्साललाई टिम च्याम्पियनको उपाधि


प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा नक्साल बक्सिङ क्लबले टिम च्याम्पियनको उपाधि जितेको छ । नक्सालले समग्रमा ४ स्वर्ण ६ रजत जितेको थियो । त्यस्तै काठमाडौं बक्सिङ क्लबले समग्रमा २ स्वर्णसहित दोस्रो स्थान हात पारेको छ ।

प्रतियोगितामा यू–१९को महिलातर्फ नक्सालकी रमिता श्रेष्ठ र पुरुषतर्फ मकवानपुरका जमिन पाख्रिन उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । त्यस्तै यू–२४ को महिलातर्फ अल्फाकी लक्ष्मी मगर र पुरुषतर्फ काठमाडांै बक्सिङ क्लबका दिनेश राईले उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । अल नेपाल इन्टरप्राइजेजका सञ्चालक नरनाथ केसीबाट उत्कृष्ट खेलाडीको लागि जनही १० हजार नगद प्रायोजन गरेका थिए ।

महिला यू–२४ को फाइनल खेलमा ४८ केजीमुनि धनकुटाकी विस्मिता राईले बक्समाण्डुकी सपना गुरुङलाई अङ्कको आधारमा हराउँदै च्याम्पियन भइन् । सोही उमेर समूहको ५७ केजीमुनि अल्फा ट्रनिङ सेन्टरकी लक्ष्मी घर्तीमगरले नक्सालकी शिवानी श्रेष्ठलाई पराजित गर्दै च्याम्पियन भइन् ।

पुरुष यू–२४ फाइनल खेलमा ४९ केजीमुनि काठमाडौं बक्सिङ क्लबको दीपेश राई सुनसरीका विशाल राईलाई पराजित गर्दै च्याम्पियन भए । ५२ केजीमुनि ललितपुरका बुद्धग्याम्जो लामाले केन्द्रीय बक्सिङ क्लबका जीवनकुमार पुनलाई तथा ५६ केजीमुनि भक्तपुरका सुजन पौडेलले कास्कीका पुरन रास्कोटीलाई हराउँदै च्याम्पियन भएका थिए ।

पुरुषकै ६० केजीमुनि नक्सालका मौसम रानामगरले जिमखानाका करण बज्राचार्यलाई तथा ६४ केजीमुनि कास्कीका पवन गुरुङले नक्साल क्लबका विवेकवीर सिंहलाई स्तब्ध बनाउँदै च्याम्पियन भए । ६९ केजीमुनि रेज फटनेसका कोसिस श्रेष्ठले जिमखानाका अनमोल घलेलाई तथा ७५ केजीमा दाङका गणेश विकले टीकाथलीका प्रिन्स खड्कालाई हराउँदै च्याम्पियन भए । पुरुषकै ८१ केजीमुनि कञ्चनपुरका मायाप्रकाश पन्तले बोसीगाउँका प्रशान्त महर्जनलाई हराउँदै च्याम्पियन भए ।

महिला १९ वर्षमुनिको फाइनल खेलमा महिला १९ वर्षमुनिको ४८ केजीमुनिको फाइनल खेलमा नक्साल ए की रमिसा श्रेष्ठले अल्फाकी सुशीला थापालाई हराउँदै स्वर्ण जितिन् । ५१ केजीमा नक्साल ‘बी’की सुमिना खड्काले नक्साल ‘ए’की तेजी गुरुङलाई हराउँदै स्वर्ण जितिन् । ५४ केजीमा बानुजकी संज्ञा लोहनीले नक्सालकी लाक्का दिकी शेर्पालाई हराउँदै स्वर्ण जितिन् र ६० केजी तौलको उपाधि भिडन्तमा नक्साल ‘ए’की एलिसा खड्गीले मेघदूतकी सिवानी श्रेष्ठलाई हराउँदै स्वर्ण जितिन् ।

पुरुष १९ वर्षमुनिको फाइनल खेलमा ४९ केजीको फाइनल खेलमा मकवानपुरका जबिन पाख्रिनले नक्साल ‘ए’का रविन थापालाई पराजित गर्दै स्वर्ण जिते । ५२ केजी तौलको उपाधि भिडन्तमा नक्साल ‘ए’का अमर गुरुङले कैलालीका निर्मल सुवेदीलाई पाखा लगाउँदै स्वर्ण जिते । ५६ केजीको फाइनल खेलमा नक्साल ‘ए’का अमन अलीले बक्समाण्डुका आसिस तामाङलाई पराजित गरे । ६० केजीमा बाँकेका इन्द्रबहादुर सुनुवारले नक्साल ‘ए’का सन्देश राजभण्डारीलाई पराजित गर्दै स्वर्ण जिते । ६४ केजी तौलमा काठमाडौं बक्सिङ क्लबका योमेश तामाङले बोसीगाउँका रञ्जित महर्जनलाई पराजित गर्दै स्वर्ण जिते ।