बुद्धनगरस्थित फर्निचर उद्योगमा आगलागी

बुद्धनगरस्थित फर्निचर उद्योगमा आगलागी


काठमाडौंको बुद्धनगर (ललितपुरस्थित युएन पार्क नजिकै) रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ । दिउँसो साढे दुई बजेतिर भएको आगलागी अहिले नियन्त्रणमा आएको छ ।

आगो निभाउनका लागि काठमाडौं महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको थियो ।

घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपूर्ति बन्द गर्नुपरेको सम्बद्ध निकायले जनाएको छ ।