त्रिशुलले हानेर हत्या गर्ने खप्परवाला बाबा पक्राउ

त्रिशुलले हानेर हत्या गर्ने खप्परवाला बाबा पक्राउ


गत शनिबार (८ मंसिर) राती एक बजेको समयमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ स्थित लालका पुलमुनि रहेको भुक्तेश्वरनाथको शिव मन्दिरनजिकै त्रिशुलले निधारमा प्रहार गरी एक युवकको हत्या गर्ने खप्परबाबा पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराले जनाएअनुसार भारत चमोई गणवाल देराहादुन स्थायी ठेगाना भई विभिन्न मठ मन्दिरमा हिँड्ने त्रिलोकी नाथ खप्परवाला बाबाले आफ्नो साथमा बोकेको त्रिशुलले नामथर ठेगाना नखुलेको अन्दाजी वर्ष २२ का युवकको निधार तथा अनुहारको भागमा प्रहार गरी हत्या गरेका थिए ।

अभियुक्त त्रिलोकी नाथ खप्परवाला बाबालाई शनिबार नै पक्राउ गरी बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।