२८ रन खाएका सन्दीप

२८ रन खाएका सन्दीप


युएईमा जारी टी–१० लिग क्रिकेटमा नेपाली ढुकढुकी सन्दीप लामिछानेले सोचेअनुरुपको खेल देखाउन सकेनन् । केराला नाइट्सबाट खेल्दै आएका सन्दीप चौथो खेलमा खिन्नता प्रकट गर्नुप¥यो ।

सन्दीपले पहिलो पटक सोमबार राति पञ्जाबी लिजेन्ड्स विरुद्धको खेलमा विकेट लिन सकेनन् । २ ओभर बलिङ गरेका सन्दीपले २८ रन खाए भने उनले १ छक्का र ५ चौका पनि खानुप¥यो ।

यसअघिका ३ खेलबाट सन्दीपले ६ विकेट लिए भने सन्दीपको खातामा ४ खेलबाट अब ६ विकेट मात्र भएको छ ।