बालगृहहरूको महासंघ गण्डकी प्रदेशको प्रथम बैठक

बालगृहहरूको महासंघ गण्डकी प्रदेशको प्रथम बैठक


बालगृहहरूको महासंघ गण्डकी प्रदेशको प्रथम बैठक भावी योजनासहित पोखरामा सम्पन्न भएको छ । बैठकले प्रदेशका बालगृहहरूमा संरक्षित बालबाललिकाहरूको एवं ब्यवस्थापनको क्षमता अभिवृद्धि गरी गुणस्तरीय सेवा प्रदान गर्नमा पहल गर्ने निर्णय गरेको छ । महासंघले तेश्रो वार्षिक साधारणसभाद्वारा अनुमोदित वार्षिक योजनाहरूलाई गम्भीरतापूर्वक कार्यन्वयनमा ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।

महासंघका नवनिर्वाचित धनबहादुर विश्वकर्माको अध्यक्षता बसेको बैठक उक्त निर्णय गरेको महासंघका उपाध्यक्ष तथा थ्री एन्जल्स नेपालका सिइओ डा. राजेन्द्र कुमार गौतमले जानकारी दिए ।

बैठकमा नवनिर्वाचित कार्यकारिणी समितिका पदाधिकारीहरूमा निवर्तमान अध्यक्ष राधाकुमारी पौडेल, उपाध्यक्षद्वय भगतकुमार श्रेष्ठ र डा.राजेन्द्र कुमार गौतम, महासचिव बुद्धि बल रम्तेल, सचिव विनोदकुमार नेपाली, कोषाध्यक्ष शारदा बस्नेत, सदस्यहरूमा शेरबहादुर लामा, कमला पाराजुली, हुमा गुरुङ, लाल बहादुर बलम्पाकी मगर, सुनिता भुजेल, अशोक लम्साल, कलपना श्रेष्ठ, कृष्ण कुमारी पन्थी रानाभाटको उपस्थिीति रहेको थियो । बैठक महासंघका अध्यक्ष धनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको थियो ।