हुकिङ गरी बिजुली चोर्ने ५३ पक्राउ

हुकिङ गरी बिजुली चोर्ने ५३ पक्राउ


हुकिङ गरी विद्युत् चुहावट गर्ने चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरी जरिवाना गरेको छ ।

उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मंगलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।

अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम कारबाहीसहित जरिवानाबापत रु. पाँच लाख ८६ हजार राजस्व संकलन गरिएको र सो क्रममा विद्युत् मिटर, पंखा र टीभी, एलईडीलगायत सामान पनि बरामद गरिएको थियो ।