द्वन्द्वका कारण एक वर्षमा तीन लाख अफगानी विस्थापित

द्वन्द्वका कारण एक वर्षमा तीन लाख अफगानी विस्थापित


अफगानिस्तानमा जारी हिंसात्मक द्वन्द्वका कारण यस वर्ष मात्र आन्तरिक रूपमा तीन लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला र समन्वय निकाय (ओचा) ले मंगलबार सो कुराको जानकारी दिएको हो ।

अफगानिस्तानमा देशैभरि हिंसात्मक द्वन्द्व जारी रहेको र कमजोर सुरक्षा व्यवस्था रहेको समाचार आइरहेका बेला ओचाको प्रतिवेदनले त्यसैलाई पुष्टि गरेको छ । यद्यपि यो संख्या गत वर्षको तुलनामा ३७ प्रतिशत कम भएको पनि ओचाले जानकारी दिएको छ ।

अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा गत वर्ष भने चार लाख ८१ हजार ४४८ जनाको मृत्यु भएको ओचाले जानकारी दिएको छ ।

अफगान अधिकारीहरू र मानवीय एजेन्सी निकायहरूले बढ्दै गएको विस्थापित परिवारको संख्याप्रति चिन्ता व्यक्त गरेका छन् ।

विस्थापित अफगान महिला र बालबालिकालाई स्वास्थ्य सेवा प्राप्त गर्न र पठनपाठनका लागि विद्यालयको सुविधा प्राप्त गर्न कठिनाइ उत्पन्न भएको छ । विस्थापित भई असुरक्षित स्थानमा बस्न बाध्य भएका उनीहरूलाई खाना, बास र शुद्ध खानेपानीजस्ता आधारभूत विषयमा पनि कमी भएको बताइएको छ ।