प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत जिल्ला छनोट मंसिर १४ गते शुक्रबारदेखि शुरु हुने भएको छ । जिल्ला छनोट ७७ जिल्लामा मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने आठौँ राष्ट्रिय खेलकुद– २०७५ तयारी सचिवालयका प्रमुख इन्द्रबहादुर कार्कीले जनाएका छन् ।
आठौँ राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट हुनेछ । २० खेलमा बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्यान्डबलको महिला जिल्ला छनोट हुनेछैन । यी ५ खेलको सीधै प्रदेश छनोट सञ्चालन गरिनेछ ।
जिल्ला छनोटमा ३१ हजार ८ सय ४५ खेलाडीले सहभागिताका नाम दर्ता गरएका छन् । जिल्ला छनोटका लागि २ करोड ७८ लाख ४० हजार रुपैयाँ बजेट पठाइसकेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया