एक किलो नक्कली सुनसहित तीन पक्राउ

एक किलो नक्कली सुनसहित तीन पक्राउ


महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मंगलबार राति नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले बल्खुको रोयल गेस्ट हाउसअगाडि रोकी राखेको बा.१०च ८९९२ नम्बरको टाटा डीआई गाडीलाई जाँचका क्रममा नक्कली सुन एक किलोग्रामसहित उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिइन् ।

पक्राउ परेका व्यक्तिसँग प्रहरीले विद्युतीय तराजु एक थान, कैंची एक थान र रु. ३६ लाख ६५ हजार बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।