महोत्तरीमा ६ सय लिटर डिजेल बरामद

महोत्तरीमा ६ सय लिटर डिजेल बरामद


महोत्तरी प्रहरीले जिल्लाको सम्सी बजारमा अवैध रूपमा बिक्री–वितरणका लागि राखिएको ६ सय लिटर डिजेल बरामद गरेको छ ।

आधिकारिक रूपमा पेट्रोल पम्पमा बिक्री–वितरण हुने डिजेल कालोबजारी गरी महँगो मूल्यमा बेच्ने उद्देश्यले बजारमा राखिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय महोत्तरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले ६ सय लिटर डिजल सम्सी बजारबाट बरामद गरेको हो ।

पेट्रोल पम्पमा अभाव रहेको बेलामा कालोबजारी गरी चर्को मूल्यमा बेच्ने उद्देश्यका साथ बजारमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरी प्रशासनसहितको बजार अनुगमन टोलीले सो डिजेल बरामद गरेको हो ।

अनुगमन टोलीले बरामद गरेको सो डिजल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।