श्रीमतीको हत्या गर्ने ६ वर्षपछि पक्राउ

श्रीमतीको हत्या गर्ने ६ वर्षपछि पक्राउ


आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भंगाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका साहले ०७० भदौ १८ गते आफ्नै श्रीमती सञ्जुदेवी साहको हत्या गरी महोत्तरीको हरिणमरी र धनुषाको सिनुरजोरा गाउँको बीचबाट बग्ने बिग्ही नदीमा माटोमुनि गाडेका थिए ।

आफ्नै श्रीमतीलाई बीभत्स हत्या गरी फरार रहेका साहले भारतको उमगाँव शहरमा १३ महिना र कतारमा ३० महिना लुकेर काम गरेका थिए । ११ महिनादेखि जनकपुरधाममा अटो रिक्सा चलाइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ ।