उस्तै छैन तिमीले भनेजस्तो
हुँदै भएन खाल्टो खनेजस्तो
उध्रियो झन् सिउँछु भन्दाभन्दै
सकिएन उन्न धागो उनेजस्तो
उड्यो मन कता आकाशमा
उद्देश्यहीन त्यो चङ्गा उडेजस्तो
खै, के मिसाएर दियौ पानीमा
लट्ठ लट्ठ्या मात चढेजस्तो
बगरको बालुवा बिछ्यौना भएछ
ढल्यो जीवन रूख ढलेजस्तो
प्रतिक्रिया