महतोको मेडिसिटीमा धाउँदै प्रचण्ड

महतोको मेडिसिटीमा धाउँदै प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य उपचारका लागि आज (आइतबार) मेडिसिटी अस्पताल गएका छन् । उनी आइतबार दिउँसो ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन् ।

प्रचण्डले केही दिनअघि होलबडी चेकजाँच गराएका थिए । उनी फलोअपका लागि पुनः मेडिसिटी पुगेको बताइन्छ ।

ज्ञात रहोस्, मेडिसिटी अस्पताल आफूलाई गैरआवासीय नेपालीका अभियन्ताका रूपमा चिनाउँदै आएका विवादास्पद व्यापारी उपेन्द्र महतोले सञ्चालन गरेका हुन् ।