सिप्रदीले ल्यायो ’अल न्यू टाटा टिगोर’ कार

सिप्रदीले ल्यायो ’अल न्यू टाटा टिगोर’ कार


सिप्रदी ट्रेडीङले टाटा टिगोरको नयाँ संस्करण ’अल न्यू टाटा टिगोर’ नेपाली बजारमा भित्रिएको छ । टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडीङले पेट्रोल भेरियन्टको अल न्यू टाटा टिगोरमा यात्रु सुरक्षा लक्षित डूअल एयरब्याग, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन र कर्नर स्टाब्लिटी क्न्ट्रोल जडान गरिएको कम्पनीले जनाएको छ । यो गाडीको नेपाली बजार मूल्य २७ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

उचित मूल्यमा बोल्ड आकर्षक बनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकहरुको बीच कम्प्याक्ट सेडान निकै लोकप्रिय रहेको विज्ञप्तिमा जनाइएको छ ।