चलचित्र समीक्षक समाजले यही असार ६ गते ‘क्रिटिक्स फिल्म अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले वर्ष २०८१ र २०८२ का विजेतालाई एकै साथ उक्त अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएको छ ।
समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले अवार्डका लागि सहभागी भएका चलचित्रहरूको मूल्याङ्कनपछि विजेता घोषणा गरिएको जानकारी दिँदै भनेका छन्, “हामीले केही समयदेखि रोकिएको ‘क्रिटिक्स फिल्म अवार्ड’ लाई निरन्तरता दिँदैछौँ, चलचित्रले प्राप्त गरेको व्यावसायिक सफलताभन्दा पनि समीक्षकका नजरमा उत्कृष्ट भएका काम र नयाँ प्रयोगलाई प्रोत्साहन गर्न अवार्ड प्रदान गर्न लागेका हौँँ ।”
अवार्डका लागि चलचित्र आह्वान गर्ने र सहभागी भएका चलचित्रलाई समीक्षकले हेरेर दिने नतिजाका आधारमा कार्यसमितिले छलफल गरेर विजेता घोषणा गर्ने गरेको उनले बताए ।
प्रतिक्रिया