ज्ञान निकेतनले तेस्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा तीनवटै उपाधि जितेको छ । ज्ञान निकेतनले सिनियर छात्र, सिनियर छात्रा र जुनियर छात्रतर्फ उपाधि जितेको हो ।
माफद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा ज्ञान निकेतनले विज किड्सलाई ३७–२३ ले पराजित गरेको थियो । ज्ञान निकेतनका सम्राट भूमिले २० अंक जोडेका थिए । सिनियर छात्रा फाइनलमा ज्ञान निकेतनले विज किड्सलाई नै २०–१४ ले पराजित गरेको थियोे । विजेताकी कुसुम विष्टले २३ अंक जोडेकी थिइन् ।
जुनियर छात्रा फाइनलमा ज्ञान निकेतनले जगत मन्दिरमाथि २७–२० को जित निकाल्यो । विजयी टिमका लागि जेविश सारूले १० अंक जोडे । फाइनलका सर्वाधिक स्कोरकर्तात्रय सम्राट, कुसुम र जेविश आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका थिए ।
विजेतालाई ज्ञान निकेतनका संरक्षक लीला कुँवर, प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवर, प्रतियोगिता संयोजक सञ्जयजित कुँवर, माफका अध्यक्ष राजन आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए । माघ १० गतेदेखि शुरु प्रतियोगिताको सिनियर छात्रमा १२ तथा सिनियर छात्रा र जुनियर छात्रमा समान ६–६ टिमले भाग लिएका थिए ।
प्रतिक्रिया