तेस्रो नजर

तेस्रो नजर


pathakmanchसंस्कृतिमा लगाइएको अङ्कुश क्रिश्चियन बढाउने खेल
प्रजातन्त्रको पुनस्र्थापना, निरङ्कुश राजतन्त्रको अन्त्यसँगै अबका पुस्ताले कहिल्यै पनि लोकतन्त्रका लागि लड्न नपर्ने उद्घोष गरी सुरु भएको ०६२/६३ को ऐतिहासिक आन्दोलनको सफलतापछि मुलुकमा एकपछि अर्को गर्दै हाम्रो धर्म–संस्कृतिमाथि धावा बोल्ने काम भइरहेको छ । राज्यको वागडोर सम्हालेका ड्राइभरदेखि राजनीतिको वागडोर सम्हालेका आफूलाई राजनेता भन्न रुचाउने नेतृत्वको स्वार्थपूर्तिका लागि हाम्रो संस्कृति विस्तारै बिक्री भइरहेको छ, तर हामी भने टुलुटुलु हेरेर मौन समर्थन जनाइरहेका छौँ । आन्दोलनमा उठ्दै नउठेको धर्मनिरपेक्षताको कुरालाई जनतालाई थाहै नदिई चोरबाटोबाट सदनमा छिराएर धर्मनिरपेक्षताको घोषणा जुन दिन गरियो त्यसै दिनबाट लामो समयदेखि हिन्दुत्वलाई प्रहार गर्दै आएका शक्ति सल्बलाउन थालेका हुन् । हाम्रो नेतृत्व दुई हात पछाडि फर्किएर होइन तत्कालको स्वार्थलाई हेरेर समर्थन, निर्णय र सहयोग गर्ने भएकाले कम्तीमा पन्ध्र वर्षीय योजनासहित धर्म–संस्कृतिलाई मन्द किसिमले प्रहार गर्ने शक्ति पनि सफल हुँदै गइरहेको छ । संसारको एक मात्र हिन्दूराष्ट्र नेपाललाई धर्मनिरपेक्षताको नाममा नफुटाएसम्म क्रिश्चियन धर्मलाई विस्तार गर्न कठिन हुने निर्णयसहित दीर्घकालीन सोचसहित आएका पश्चिमा मुलुकलाई वर्तमान सुशील कोइराला नेतृत्वको सरकारले पनि राम्रैसँग साथ दिएको छ ।
जनवरी १ तारेखमा रातभर खुल्ने राजधानीका सहरसँगै डिस्को, डान्स रेस्टुरेन्टमा घन्किने विदेशी गीतका अगाडि हाम्रो संस्कृतिलाई निरीह बनाउने कामको थालनी पनि यसैपटकबाट भएको छ । क्रिश्चियन धर्मावलम्बीको महान् चाड क्रिसमस डेका दिन आफ्नो धर्म, संस्कृतिलाई बिर्सिएर रातभर कम्मर मर्काइमर्काई मदिराको नसासँगै रातभर पश्चिमेली मुलुकका साङ्गीतिक स्वरहरू घन्काएर उफ्रन छुट दिने सरकारले हाम्रो तिहारजस्तो अत्यन्तै भाइचाराको संस्कृतिलाई अङ्कुश लगाउन सुरक्षाको नाम दिएर समयसीमा तोक्नु नै हिन्दुत्वको सँगै हाम्रो संस्कृतिलाई समाप्त पार्ने खेललाई मलजल गर्नुको अर्को कुनै सोच होइन । देउसी–भैलोलाई यसपटक तोकिएको समयबाट अर्को वर्ष अझै घटाउने र विस्तारै त्यसलाई लोप गराउने खेललाई वर्तमान सरकारका गृहमन्त्री वामदेव गौतमले सुरक्षाको जलपमा साथ दिनुको पछाडि ठूलै रहस्य लुकेको आभास आमसंस्कृतिप्रेमीलाई भएको छ । राज्यका जनताले तिरेको करबाट रासनसँगै आसन जमाएर बस्ने कथित स्थायी सरकार भन्ने केही उपल्लो तहका कर्मचारी पश्चिमेली मुलुकबाट आएको डलरबाट एनजीओ चलाएर उनीहरूको सोचअनुसार सरकारलाई चल्न बाध्य पार्ने काम जसरी पछिल्लो समयमा भइरहेको छ यसका खिलाफमा अब जनता नलाग्ने हो भने भोलिका पुस्ताले हाम्रो संस्कृति बचाउने होइन कि पुस्तकमा समेत पढ्न नपाउने निश्चित छ । तिहारमा झिलिमिली बत्ती, देउसी–भैलो मुख्य आकर्षक हुन् । तिनै कुरालाई कुनै डलरवादी कर्मचारीको प्रस्तावमा हुन सक्छ सरकार दिल खोलेर निरुत्साहित गर्न लागिप-यो । विद्युत् प्राधिकरणबाट गाउँको बाली खाएर साँडिएको साँढेको जस्तो निर्देशनात्मक सूचना उर्दी आयो । प्राधिकरणले सेवकको होइन शासकको शैलीमा उत्सव बत्ती नबाल्न उर्दी नै जारी ग-यो । विद्युत् उत्पादन शक्तिले थेग्ने समयमा पनि चर्को लोडसेडिङ गरेर इन्भर्टरबाट करोडौँ कमिसन खाने प्राधिकरण तिहारमा पनि समय तालिका मिलाएर त्यो गर्न सक्थ्यो, तर उसको चिन्ता विद्युत्को नभएर हाम्रो संस्कृतिलाई समाप्त पार्ने त होइन भनेर शङ्का गर्ने ठाउँ पनि प्रसस्तै मिलेको छ । ऊर्जा सङ्कटको अभाव देखाएर प्राधिकरणले अनुरोध शैलीमा लोडसेडिङको तालिका हेरफेर गरेको बताएको भए पाच्य हुन पनि सक्थ्यो । उसले सरकारले शान्तिसुरक्षाको जलपमा देउसी–भैलोलाई हानेजस्तै गरी ऊर्जासङ्कटको नाममा संस्कृतिलाई प्रहार गरेको छ । रातभर मदिरामा लठ्ठिएर सुरा–सुन्दरी लिएर हिँड्ने र बेचबिखन गर्नेलाई छुट दिने सरकारले तिहारजस्तो महान् चाडमा रातको समयमा देउसी–भैलोलगायत सांस्कृतिक कार्यक्रम गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्तिसुरक्षामा प्रतिकूल असर पु-याउने भन्दै सुरुमा सात बजेको सीमा तोकेको सरकारको चौतर्फी आलोचना भएपछि पछि दुई घन्टा समय बढाएको थियो । यसरी समयसीमा तोकिनुका पछाडि सरकारले भनेजस्तो नभएर संस्कृतिलाई विस्तारै लोप गराउने रणनीतिअनुरूप भएको अनुमान स्वयम् सुरक्षा अधिकारी बताउँछन् । सुरक्षाको विषयमा निर्णय गर्दा सुरक्षा निकायका अधिकारीसँग घनीभूत छलफल परामर्श गरेर गर्नुपर्नेमा सुरक्षाको नाममा ‘सु’ थाहा नभएका भनसुनका आधारमा मन्त्रालयको वागडोर सम्हाल्न आएकाहरूले निर्णय गरेर सुरक्षा निकायलाई कार्यान्वयनका लागि निर्देशनात्मक परिपत्र गर्नुका पछाडि संस्कृतिलाई समाप्त पार्ने खेल नभएर अरू केही हुन सक्दैन । ‘शान्तिसुरक्षाको नाममा संस्कृतिमाथि अङ्कुश लगाउनुभन्दा चार बजेदेखि नै कफ्र्यु आदेश गरेको भए अझ सुरक्षा हुन्थ्यो नि,’ एक पूर्वप्रहरी अधिकृतले व्यङ्ग्यात्मक शैलीमा यो पङ्क्तिकारसँग भने । उनको भनाइ थियो– हरेक जाति र भाषीको चाडपर्व मनाउँदा सुरक्षाको कारण देखाएर कुण्ठित गर्दा प्रहरी झन् अक्षम र अलोकप्रिय जनताबीच हुने भएकाले यस्ता भन्ने सूचना प्रवाह गर्न र जनताको मनमस्तिष्कमा विश्वास दिलाउन हरेक धर्मावलम्बीको संस्कृति आ–आफ्नै शैली हुन्छन् । त्यसलाई अङ्कुश लगाएर होइन सुरक्षा प्रदान गरेर मनाउन दिनुपर्ने कुरा एक वहालवाला प्रहरी अधिकृतको कथन छ । अमेरिकी राष्ट्रपति ओबामाले दीपावलीको शुभकामना र त्यसको महत्र्वबारे बताइरहँदा हाम्रो सरकारले त्यही चाडको संस्कृतिलाई अङ्कुश लगाएर आफू कुन बाटो हिँडिरहेको छ भनेर आफ्नो अनुहार छर्लङ्ग पारेको छ । धर्मनिरपेक्षताबाट सुरु भएको संस्कृतिमाथिको आक्रमणलाई रोक्न हरिबोल भट्टराई, खुमबहादुर खड्का, मोदनाथ प्रश्रितलगायतका हिन्दू आन्दोलनका अगुवाका नेताले सुरु गरेको हिन्दूराष्ट्र कायम गर्ने आन्दोलन र रत्नपार्कमा झन्डै सात महिनादेखि श्री श्रीनिवास आचार्यज्यूको नेतृत्वमा भइरहेको रिले अनशनलाई हामी सबैले साथ दिएनौँ भने भोलि तपाईं–हाम्रा सन्तानले हाम्रो संस्कृतिबारे एकादेशको कथा भनेर पढ्नुपर्ने भएकाले समयमै सोच्न जरुरी छ । खोसिएको हिन्दुत्व र लादिएको क्रिश्चियनालिटीलाई स्थापित गर्न सबै जाति, भाषी एक भयौँ भने मात्र हाम्रो देश नेपालको अस्तित्व संसारभर रहने कुरामा दुईमत नरहला ।
– महेन्द्र पाण्डेय