आफ्नैले नरोके बाबुराम प्रधानमन्त्री

आफ्नैले नरोके बाबुराम प्रधानमन्त्री


तीन राजनीतिक दलहरूबीच भएको पाँचबुँदे सम्झौता कार्यान्वयनमा विवाद र तनाव उत्पन्न भएको भए पनि राजनीतिक वृत्तमा नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको छ । झलनाथ खनालले राष्ट्रिय सहमतिको वातावरण बनेपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिने भनी सार्वजनिक रूपमा दिनुभएको अभिव्यक्तिलाई तराईकेन्द्रित दलहरूले अस्वीकार गर्दै तत्काल पदत्याग गरेर खनालले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न सहयोग पुर्‍याउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । तर, प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसले भने प्रधानमन्त्रीको राजीनामाभन्दा शान्ति स्थापना प्रक्रियालाई प्राथमिकता दिएको छ । त्यस्तै एमालेका नेताहरू माधव नेपाल र केपी ओलीले पनि पहिले जुन रूपमा खनालको राजीनामाको मुद्दालाई अघि सार्नुभएको थियो । अहिले माधव-केपीले उक्त मुद्दा परित्याग नगरेको भए पनि उहाँहरूको समेत प्राथमिकतामा भने परेको देखिँदैन । एमाले बैठक प्रधानमन्त्री खनालका प्रति पहिलेभन्दा निकै सकारात्मक देखिएको छ । पाँचबुँदे सम्झौतापश्चात् एमालेमा प्रधानमन्त्रीको राजीनामाको विषय केही मत्थर भएको छ । अब खनाल आफैं या प्रचण्डले नै राजीनामाको निर्णय नलिएको अवस्थामा कम्तीमा भदौ दोस्रो सातासम्म यही सरकारले निरन्तरता पाउनसक्ने सम्भावना छ । संविधानसभाको थपिएको समयावधिभित्र झलनाथ खनालको राजीनामा नआए पनि तीन महिनापछि भने वर्तमान सरकारको पतन हुने विश्वास विश्लेषकहरूले गरेका छन् । खनालले तत्काल या तीन महिनापछि पदत्याग गरे पनि त्यसपछि प्रधानमन्त्री को बन्ला, वर्तमानमा मुख्य जिज्ञाशाको विषय यही बनेको छ ।
सम्भावित प्रधानमन्त्रीका रूपमा नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको नाम र्सवाधिक अगाडि आएको छ । तर, काङ्ग्रेसले सहमतीय सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्ने सम्भावना पनि छ । माओवादी अध्यक्ष प्रचण्ड देउवाका पक्षमा उभिनुभएको र एमाले अध्यक्ष झलनाथ खनालसमेत आफूपछि देउवालाई नै प्रधानमन्त्री बनाउने पक्षमा रहनुभएकोले देउवाको नाम ज्यादा चर्चामा आएको हो । तर नेपाली काङ्ग्रेसको विधानअनुसार उक्त दलले प्रधानमन्त्रीमा संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने परम्परा रहिआएको छ । ज्ञातव्य छ, काङ्ग्रेस संसदीय दलको नेतामा अहिलेसम्म रामचन्द्र पौडेल हुनुहुन्छ र काङ्ग्रेस कमिटीमा बहुमत सदस्यहरू पौडेललाई नै प्रधानमन्त्रीका रूपमा हर्ेन चाहन्छन् । देउवा प्रधानमन्त्री भएमा फेरि कुनै न कुनै प्रकारको अनिष्ट हुनसक्ने चिन्ताले धेरैजसो काङ्ग्रेस नेता तथा कार्यकर्ता पिरोलिएका छन् । देउवा पार्टी निर्णयका आधारमा भन्दा प्रचण्ड र झलनाथको इसारामा चल्ने हुन् कि भन्ने चिन्ता काङ्ग्रेसमा देखिएको छ । काङ्ग्रेसभित्र जतिसुकै चिन्ता व्याप्त भए पनि राष्ट्रिय सहमतिकै सरकार गठन हुने भयो भने प्रधानमन्त्री चयनमा अन्य दलहरूको मतसमेत निर्णायक प्रभाव पार्ने प्रकारको हुनेछ । अन्य दलहरूको छनोटमा पौडेलभन्दा देउवा नै पर्नसक्ने सम्भावना बढी छ । तर, प्रचण्डले इमानदारीपूर्वक डा. बाबुराम भट्टराईलाई सहयोग पुर्‍याउनुभएको अवस्थामा भने भट्टराई प्रधानमन्त्री बन्नुहुने सम्भावना प्रबल छ । यद्यपि भट्टराई प्रधानमन्त्री बन्न माओवादी शान्तिप्रक्रियामा इमानदारीपूर्वक सक्रिय सहभागी भएको हुनुपर्नेछ । अर्को कुरा, काङ्ग्रेसमा झैं माओवादी पार्टीले औपचारिक निर्णय नगरी अन्य दलहरूले मात्र चाहेका भरमा भट्टराई प्रधानमन्त्री बन्न सम्भव ठानिँदैन । माओवादी पार्टीबाट भट्टराईका पक्षमा निर्णय हुन प्रचण्ड इमानदार भएर मात्र पनि पुग्ने देखिँदैन, मोहन वैद्य किरणको समेत भट्टराईले विश्वास आर्जन गर्न सक्नुपर्नेछ । वैद्य बाबुरामप्रति सकारात्मक त हुनुहुन्छ, तर प्रचण्डको मानिसका रूपमा आफू नरहने विश्वास भट्टराईले वैद्यलाई नदिलाएसम्म वैद्यको समर्थन प्राप्त गर्न मुस्किल छ । एकैपटकमा प्रचण्ड र वैद्यको समर्थन प्राप्त गर्न डा. भट्टराई सफल हुन सक्नुहोला या नहोला यो प्रतीक्षाको विषय बनेको छ ।
झलनाथ खनालले पाँचबुँदे सम्झौताको पालना गर्दै तत्काल राजीनामा दिनुभयो र प्रचण्डले जालसाजी गर्नुभएन भने डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुहुने निश्चित छ । प्रचण्डको नेतृत्वलाई अन्य दलहरूले अस्वीकार गर्ने भएकोले पनि भट्टराईको सम्भावना बढेको हो । भट्टराई सहमतिको सरकारको प्रधानमन्त्री हुनुभएमा संविधान निर्माण र शान्ति प्रक्रियाले पूर्णता प्राप्त गर्ने विश्वास धेरैको छ । तर, यहाँ भट्टराई प्रधानमन्त्री बन्नेमा माओवादीकै कारण आशङ्का पैदा भएको छ । किरण समर्थक मानिएका रामबहादुर थापा बादललाई ‘प्रधानमन्त्री बन्न’ प्रचण्ड स्वयम् उचाल्दै हुनुहुन्छ । प्रचण्डले एकातिर बाबुरामलाई आफ्नो समर्थन हुने विश्वास दिलाउनुभएको र अर्कोतिर बादललाई उचाल्ने काम पनि गर्नुभएको बताइन्छ । वैद्यसँग डा. भट्टराईले कुरा मिलाउन सक्नु भएन भने वैद्यको समर्थन बादललाई नै नहोला भन्न सकिन्न ।
पार्टीभित्रको प्राविधिक पक्ष मिलाउन सक्नुभयो भने झलनाथपछि भट्टराई नै प्रधानमन्त्री बन्नुहुने स्थिति छ । ज्ञातव्य छ, भट्टराई यतिबेला प्रधानमन्त्रीका रूपमा देशले नै र्सवाधिक रुचाइएका व्यक्तिको कोटिमा पर्नुहुन्छ ।
नेकपा एमालेले खनालपछि तत्काल सरकारको नेतृत्व गर्न पाउने सम्भावना क्षीण भएको छ । त्यसैले उक्त पार्टीले चक्रीय प्रणालीको प्रस्ताव दलहरूको उच्चस्तरीय बैठकमा गरेको छ । एमाले नेताहरू पनि माओवादीलाई मौका दिँदा डा. भट्टराई नै उपयुक्त हुने सोचमा देखिएका छन् । यता काङ्ग्रेसमा भने सम्भावित प्रधानमन्त्रीका रूपमा डा. रामशरण महतलाई पनि हर्ेन थालिएको छ । पौडेल या देउवाबीच विवाद उत्पन्न भयो र कुनै सहमति नभई तेस्रो उपयुक्त व्यक्तिको खोजी भयो भने डा. महतलाई प्रधानमन्त्री बनाइनुपर्छ भन्ने मत पनि काङ्ग्रेसमा बलियो छ । वैचारिक स्पष्टता र निर्णय लिनसक्ने क्षमता तथा शान्तिप्रक्रियामा उहाँले पुर्‍याउनुभएको योगदानका कारण महतलाई पनि सम्भावित प्रधानमन्त्रीका रूपमा हर्ेन थालिएको छ ।

लडाकु समायोजन चालबाजी मात्र
सेना समायोजन प्रक्रियालाई टुङ्ग्याउने भन्दै दलहरूबीच प्रक्रिया अघि बढाउने सहमति भए पनि विभिन्न २१ अस्थायी शिविरमा बस्दै आएका माओवादी लडाकु समायोजन चालबाजी मात्र भएको सङ्केत देखिएको छ । समायोजनसम्बन्धी मोडालिटी तयार गरी समायोजन प्रक्रियामा अघि बढ्ने भनिए पनि मोडालिटी निर्माणमा सहभागी प्रमुख दल माओवादीभित्र देखिएको आन्तरिक द्वन्द्वका कारण आशङ्का भएको हो । तत्काल लडाकुहरूको वर्गीकरण सुरु गरी भदौ १३ गतेभित्र लडाकुहरूलाई उनीहरूको चाहना र अवस्थाअनुरूप विभिन्न समूहमा छुट्याउने कार्य सम्पन्न गर्ने भनी गरिएको सरकारी प्रचारले पनि थप आशङ्का पैदा गराएको छ । भदौ १४ गते संविधानसभाको कार्यकाल पुनः थप गर्नका लागि मात्र यस किसिमको नाटक रचिएको शङ्का हुनु स्वाभाविक भएको छ ।
माओवादी संविधान निर्माण भएपछि मात्र सेना समायोजन गर्ने नत्र नगर्ने पक्षमा छ । अध्यक्ष प्रचण्डले सेना समायोजनको अन्तिम रूप दिने भन्दै एमाले-काङ्ग्रेससँग सहमति गरी अघि बढ्न खोजेजस्तो देखाए पनि उपाध्यक्ष मोहन वैद्य ? किरण) लगायत माओवादीका बहुमत नेताले त्यसको कडा विरोध गरिरहेका छन् । पार्टीभित्रको चौतर्फी विरोधका बाबजुद प्रचण्डको एकल र आंशिक सहमतिमा प्रधानमन्त्री झलनाथ खनालको अध्यक्षतामा गत सोमबार माओवादी लडाकु रेखदेख, समायोजन र पुनर्स्थापनासम्बन्धी विशेष समितिको बैठक बसेर लडाकु व्यवस्थापनको कार्यतालिका सार्वजनिक गरिएको छ । बैठकपश्चात् समायोजनको मोडालिटी, सङ्ख्या, पद, मापदण्ड तथा स्वेच्छिक अवकाश र पुनः स्थापनाको प्याकेज टुङ्गो लगाउने भनिएको छ । असार १३ बाट काम थालनी गरी भदौ १३ गतेसम्ममा सेना समायोजनको मूलभूत काम सक्ने गरी समय-तालिका बनाइएको छ । संविधानसभाको म्याद सकिनु अघिल्लो दिन अर्थात् १३ भदौसम्म लडाकु समायोजनका मूलभूत कार्य सक्ने भन्दै कार्यतालिका बनाइनुले सेना समायोजनसम्बन्धी थप आशङ्का देखिएको हो । स्रोतका अनुसार १४ भदौमा संविधानसभाको म्याप थप गर्न सजिलो हुने र सेना समायोजन गर्नु पनि नपर्ने गरी कार्यतालिका बनाइएको हो । किनकि माओवादी संविधानसभाको म्याद निरन्तर थप्न चाहन्छ तर, सेना समायोजनबारे के गर्छ अहिले नै भन्न सकिने अवस्था छैन ।
लडाकु समायोजनबारे माओवादी अध्यक्ष प्रचण्ड, नेपाली सेना, माओवादी उपाध्यक्ष वैद्य तथा काङ्ग्रेस-एमालेले फरक/फरक विचार प्रस्तुत गरिरहेका छन् । एमाले र काङ्ग्रेसले सेनाले ल्याएको प्रस्तावलाई समर्थन गरे पनि माओवादी अध्यक्ष प्रचण्डले त्यसलाई सच्याएर पारित गर्न सकिने जनाएका छन् । तर, वैद्यले त्यसको विरोध गर्दै आफ्नो बेग्लै अवधारणा तयार गरी लडाकु र आफ्ना कार्यकर्तामा पठाउनुभएको छ । वैद्यले सेनाको बलमा प्रमुख शक्तिको रूपमा माओवादी उदाउन सफल भएको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्षले आफ्नो लक्ष्य पूरा नभई सेना समायोजन गर्न पुगेको भन्दै प्रचण्डको कडा प्रतिवादसमेत वैद्यले गर्दै आउनुभएको छ ।
सेना समायोजन र पुनर्स्थापनाको मुद्दालाई राजनीतिक रूपमा समाधान खोजिनुपर्नेमा जोड दिँदै वैद्यले जनमुक्ति सेनाको अलग्गै संरचना बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले तयार गरेको अवधारणाअनुसार जनमुक्ति सेना, नेपाली सेना र प्रहरीबाट १०/१० हजार सुरक्षाकर्मीको सहभागितामा सुरक्षा बल गठन गर्ने र त्यसको नेतृत्व पीएलएले गर्ने, सुरक्षा बलको पूरै दर्जामा ५०/५० प्रतिशतले विभाजन गरिने, अनुभव, शिक्षा, उमेर र तन्दुरुस्तीका आधारमा नयाँ फोर्सको नम्र्स तयार गरिने, राजनीतिक वा सामाजिक क्षेत्रमा जान चाहने वा घाइते अपाङ्गता भएको प्लाटुन कमान्डरसम्मलाई सात लाख र त्यसभन्दा माथिकालाई १० लाख नगद व्यवस्था गरिनुपर्ने उल्लेख गर्नुभएको छ ।
राष्ट्रिय सुरक्षा नीति निर्माणको काम अघि थाल्नुपर्ने, सङ्ख्याको टुङ्गो गर्ने, समायोजनको नयाँ नम्र्स तयार गर्नुपर्ने, बेपता नागरिकको छानबिन आयोग तथा सत्य निरूपण तथा मेलमिलाप आयोग यथाशीघ्र गठन गर्ने, शान्ति र संविधान निर्माण प्रक्रियालाई अन्तरसम्बन्धित बनाई काम अघि बढाउनुपर्ने वैद्यको धारणा रहेको छ । समायोजनसम्बन्धी वैद्यको प्रस्ताव नै माओवादीको औपचारिक र आधिकारिक बन्ने हो भने समायोजनको नाम अहिले भइरहेका क्रियाकलापलाई चालबाजीबाहेक थप केही हो भन्न मिल्ने देखिएको छैन ।

दुई करोडको खेल
नेपाल टेलिकमको सात अर्बको सीडीएमए टेन्डरमा तीन अर्ब बिड गरेर चर्चामा आएको चीनको हुवाई कम्पनी र टेलिकमबीच चौतर्फी विरोधका बाबजुद गत शुक्रबार सम्झौता भएको छ । सोसम्बन्धी समाचार मिडियामा आएपछि हुवाई कम्पनी स्वयम् पनि ‘यति सस्तोमा कसरी काम गर्न सकिएला ? ‘ भन्ने सोचमा परेको तर स्थानीय एजेन्टहरूले सो कम्पनीलाई समेत लट्पट्याएर हतार-हतार सम्झौता गराएको बुझिएको छ ।
टेलिकम सूत्रका अनुसार ‘जसरी पनि सम्झौता गरिछाड्ने’ मनस्थितिमा रहेका स्थानीय एजेन्टले निर्णायक तहलाई लोभ्याएको र यस प्रकरणमा करिब दुई करोड कमिसनको खेल भएको बताइन्छ । यसअघि टेलिकमको बोर्डमा समेत यति सस्तोमा सीडीएमए विस्तारको काम कुनै हालतमा सम्भव नहुने विषयमा छलफल चलेको थियो । अहिले सस्तो पर्ने र कमिसन हात लाग्ने लोभमा पर्दा पछि ठूलो झमेला आइपर्ने भन्दै उनीहरूले सीडीएमए खरिद प्रक्रियाप्रति असन्तुष्टि जनाएका थिए । तर, अन्ततः मन्त्रालय नै सम्झौताको पक्षमा उभिएपछि सञ्चालक सदस्यहरू चुप लाग्न बाध्य भएका थिए । स्मरण रहोस्, सञ्चार उपकरणसम्बन्धी कारोबार गर्ने चीनको हुवाई कम्पनी कमजोर गुणस्तरका प्रविधि सप्लाईका लागि बद्नाम रहेको दाबी सम्बन्धित व्यवसायीहरूले गरिआएका छन् ।

महराले सच्याए वामदेवको गल्ती
प्रचण्ड-वामदेवको पालामा भएको एउटा गम्भीर गल्ती झलनाथ-महराको पालामा सच्चिएको छ । २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री र वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री रहँदा नेपाल प्रहरीको महानिरीक्षक चयन गर्दा बरियताक्रममा अगाडि रहेका रवीन्द्रप्रताप शाहलाई पन्छाएर
रमेश चन्द ठकुरीलाई ल्याइएको थियो । तात्कालिक प्रचण्ड सरकारले ठकुरीलाई आईजीपी नियुक्त गर्दा उक्त कार्यको सर्वत्र निन्दा भएको थियो र प्रहरी सङ्गठनभित्र पनि त्यसले नकारात्मक असर गरेको थियो । शाह बरियताक्रममा मात्र अगाडि नभई कार्यदक्षता र क्षमताका दृष्टिले पनि उपयुक्त मानिन्छन् । स्मरणीय छ, प्रहरीमा बढुवाका निम्ति दुईवटा कुरालाई प्रमुख आधार बनाइन्छ- बरियताक्रम र कार्यक्षमता । दुईमध्ये कुनै पनि आधारमा सरकारले नियुक्त गर्न सक्ने कानुनी प्रावधानलाई कहिलेकाहीँ दुरुपयोग गर्ने गरिएको छ । खासगरी भ्रष्ट व्यक्ति मन्त्री भएका बेला यसप्रकारको घटना हुने गरेको छ । बरियताक्रम र कार्यक्षमतामध्ये कुनै पनि कुरालाई आधार बनाएर आईजीपी चयन गर्न सकिने व्यवस्था भए पनि वामदेव गौतमले उल्लिखित दुवै आधारलाई पन्छाएर नगदका आधारमा ठकुरीलाई नियुक्त गरेका थिए । ठकुरीलाई प्रहरीप्रमुख बनाइँदा वामदेव गौतमले एक व्यापारीमार्फत तीन करोड रकम लिएको चर्चा त्यसबेला व्यापक रूपमा चलेको थियो । नगद पाएकै भरमा गौतमले त्यसरी एक योग्य प्रहरी अधिकृतमाथि अन्याय गर्दा तात्कालिक प्रधानमन्त्री प्रचण्डले मौन समर्थन गर्नुलाई रहस्यमय मानिएको थियो । ढिलै भए पनि सरकारले विगतको त्रुटि सच्याएर रवीन्द्रप्रताप शाहमाथि न्याय दिनु र प्रहरी सङ्गठनको नेतृत्वमा एक योग्य व्यक्तिको चयन गरिनुलाई सकारात्मक रूपमा लिइएको छ ।

पाँचबुँदे सम्झौता क्रान्तिविरोधी ठहर
एनेकपा माओवादीको मोहन वैद्य ? किरण) पक्षले माओवादीसहित काङ्ग्रेस-एमालेबीच भएका पाँचबुँदे सम्झौतालाई क्रान्ति, जनता र राष्ट्रप्रति गम्भीर विश्वासघात र आत्मसमर्पण हो भन्दै मातहतका नेता तथा कार्यकर्तामा र्सकुलर जारी गरेको छ । सम्झौतामा उल्लेख हरेक बुँदाको विश्लेषण गर्दै पाँचबुँदे र्सर्कुलरमा प्रश्न उठाइएको छ, ‘एमाले-काङ्ग्रेससँग मिलेर संविधान लेख्नु थियो भने १४ हजार सहिदहरूको बलिदान किन ? ‘ ‘पाँचबँुदे सहमति ः सम्झौता कि समर्पण’ शीर्षक दिएर जारी गरिएको र्सर्कुलरमा सम्झौता भारतको निर्देशनमा काङ्ग्रेस र माधव-ओली गुट तथा एकीकृत माओवादीभित्रको दक्षिणपन्थी र भारतपरस्त गुटको एजेन्ट लागू भएको उल्लेख छ ।
इतिहासमा पहिलोपटक नेपाली जनताले आफ्नै बलबुतामा सरकार गठन गर्न सफल भए भनेर संविधानसभामा हामी कुल्र्यौं तर, आखिरमा काङ्ग्रेस र केपी-माधव तथा भारतका सामु फेरि झुक्यौँ, पाँच नम्बर बुँदामा सही धस्काउन पुग्यौँ अनि भन्यौँ- राष्ट्रिय सहमतिको सरकारको बाटो खोल्दिनका लागि झलनाथ खनाल सरकारले राजीनामा दिनुपर्छ, र्सर्कुलरमा लेखिएको छ । तत्काल खनाल नेतृत्वको सरकार परिवर्तन गर्न
नहुने पक्षमा वकालत गर्दै आउनुभएका वैद्य संविधानसभाको म्याद थप गर्ने नाममा गरिएको सम्झौताले जनतालाई धोखा दिएकोले त्यसलाई पार्टीले मान्नुपर्छ भन्ने केही नरहेको भन्ने धारणा राख्नुहुन्छ । सार्वजनिक कार्यक्रमबाट नै पाँचबुँदे सहमतिप्रति असन्तुष्ट व्यक्त गर्नुभएका वैद्यले सर्कुलरमा ‘संविधानसभाको म्याद ६ महिना थप गर्नुपर्छ भन्ने पार्टीको प्रस्तावमा छलफल भइरहेको अवस्थामा पहिलो तीन महिनाका लागि म्याद थप गर्ने र माओवादीलाई निशस्त्र बनाउने भन्ने भारतको योजना र काङ्ग्रेसको प्रस्तावमा सहीछाप गरेर नेतृत्वले आफ्नो अडान राख्न नसकेको’ लेखिएको छ । विगतमा जोसँग युद्ध गर्दै आएका थियौँ अहिले तिनैसँग मिलेर सहमतिको संविधान लेख्ने वाचाबन्धनमा छिरेका छौँ, यो हाम्रो ‘वर्ग-सङ्घर्ष हो कि वर्ग-समन्वय ? ‘ अनि ‘हाम्रो हार वा एमाले-काङ्ग्रेसको जित’ के हो, भनी र्सर्कुलरमा प्रश्न उठाइएको छ ।
‘मधेसीलाई सेनामा समावेशी बनाउने नाममा नेपालमा गृहयुद्ध मच्चाउने षड्यन्त्रको लिखित हस्त्ााक्षर गर्नु राष्ट्रघाती कदम हो,’ सम्झौतापत्रमा उल्लिखित तीन नम्बर बुँदाको व्याख्या गर्दै लेखिएको छ, ‘मधेसीको छुट्टै सेना हुनुपर्छ वा मधेसीलाई सेनामा भर्ती गरिनुपर्छ भन्ने सम्झौता सीधै राष्ट्रघाती सम्झौता हो ।’ ‘जनताको रगत-पसिना र १४ हजार सहिदको बलिदानबाट जन्मेको सेना र हतियारलाई नेपाली सेनाको मातहतमा सुम्पने लिखितम् हस्ताक्षर गर्न पुग्नुले क्रान्ति कि सुधार के सङ्केत गर्छ भन्दै सर्कुलरमा अर्को प्रश्न उठाइएको छ ।
त्यसो त पाँचबुँदे सम्झौता हुनु दुई दिनअघि मात्र सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले सहिदको रगतसँग साटिएको हतियार आफ्नो लक्ष्य पूरा नभएसम्म कसैलाई नबुझाइने अभिव्यक्ति दिनुभएको थियो । कार्यक्रममा सँगै उपस्थित वैद्यले यसखाले अभिव्यक्ति स्वागतयोग्य भएको र हतियार माओवादीको सबैभन्दा महात्त्वपूर्ण र शक्तिशाली पाटो भएको शंज्ञा दिनुभएको थियो । तर, त्यसखाले अभिव्यक्ति दिनुभएको केही दिन बित्न नपाउँदै प्रचण्डले सेनाका विषयमा अनौपचारिक तथा औपचारिक सहमति गरेपछि वैद्य थप क्रूद्ध बन्नुभएको हो । र्सर्कुलरमा वैद्यले यसअघि पार्टीले आफ्ना जनमुक्ति सेनाका कार्यक्रम तथा गोप्य प्रशिक्षणमा अध्यक्षले दिने गरेको सम्बोधनका मुख्य अंशहरूसमेत उल्लेख गरेका छन् ।
बुँदागत रूपमा विश्लेषण गर्दै जारी गरिएको सर्कुलरको पृष्ठभूमिमा लेखिएको छ, ‘एमाओवादीको नीति यो रहँदै आएको छ कि जनमुक्ति सेनाको आत्मसमर्पण होइन, जनमुक्ति सेना र नेपाली सेनाको समायोजन गरी राष्ट्रिय सेनाको निर्माण गर्नुपर्छ, संविधान लेखेर मात्र सेना समायोजन गर्ने भन्ने पार्टीको नीति हो, त्यसैअनुसार चल्नुपर्छ । संविधान निर्माण हुनुभन्दा पहिले सेना समायोजन गर्ने होइन । पार्टी-क्रान्ति र सेना-क्रान्ति तीन जादुगरी हतियार हुन् यो हामीले भन्दै आएको छौँ । जनमुक्ति सेना विद्रोहको मुख्य साधन हो, हाम्रो कमानमा सेना हुने भए मात्र सेना समायोजन गर्ने, अन्यथा होइन, पार्टी नीति यही हो,’ सर्कुलरमा भनिएको छ ।
‘जनमुक्ति सेना नेपाली सेनासँग हारेर अँएको होइन, विद्रोहका लागि जनमुक्ति र नेपाली सेनाभित्र काम भइरहेको छ । हामी रणनीतिक प्रत्याक्रमणको चरणमा छौँ र ढाडमा टेकेर टाउकोमा हान्ने फौजी रणनीति कार्यान्वयनको चरणमा छौँ । पार्टी नेतृत्व विद्रोहको तयारीमा लागेको छ,’ र्सर्कुलरमा लेखिएको छ, ‘हामीले यो पनि भन्यौँ कि नेताहरू सुविधाभोगी भयो भनेर चिन्ता नगर्नुस्, प्राडो, पाजेरोका कुरा नगर्नुस्, आवश्यक पर्‍यो भने यी बम बन्नेछन्, अनि हतियारको पनि चिन्ता नगर्नुस् असली हतियार त हामीले कन्टेनरमा होइन बाहिर राखेका छौँ ।’ विद्रोहका लागि हतियार र पैसा थामिनसक्ने गरी चीनबाट बरि्सन्छन्, जनमुक्ति सेना शिविरमा कैद छ कसरी विद्रोह हुन्छ भन्ने कुरा नगर्नुस्, हाम्रा असल लडाकाहरू त बाहिरै छन्, सेना र पुलिसमा पनि हाम्रो राम्रो तयारी भएको छ, त्यस्तै हामीले बारम्बार भन्यौँ विद्रोह, क्रान्ति, अग्रगमन, धक्का, छलाङ तथा सशस्त्र विद्रोहको विकल्प छैन, आवश्यक परे बालुवाटारमा सहिद हुने कुरा हामीले गर्‍यौँ ।’

योग्य होइन आफ्नोको खोजी
विश्वविद्यालयमा विभिन्न आवरणमा क्रियाशील एमाले कार्यकर्ता र प्रधानमन्त्री झलनाथ खनालबीच विवाद उत्पन्न भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गर्ने भन्ने कुराको टुङ्गो लाग्न नसकेको समाचार प्राप्त भएको छ । लोकतन्त्र स्थापनापश्चात् परीक्षा केन्द्रमा खटाइने केन्द्राध्यक्षदेखि जनगणनाका निम्ति पठाइने गणकहरू र महाप्रबन्धकदेखि राजदूतसम्म दलहरूको भागवण्डाका आधारमा चयन
गरिने परम्परा बसेको छ । विश्वविद्यालयका उपकुलपति र अन्य महत्त्वपूर्ण पदहरूमा पनि दलीय भागवण्डा हुने गरेको छ । योग्य हुनुभन्दा दलको समर्थक हुनुले महत्त्व राख्न थालेपछि देशको सम्पूर्ण क्षेत्रमा राजनीतिक प्रकोप बढेको छ । तर, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नाम टुङ्गो लाग्न नसक्नुको कारणचाहिँ दलहरूबीचको भागवण्डा नमिलेरभन्दा पनि एमालेभित्रैको विवाद भएको बुझिएको छ । प्राप्त जानकारीअनुसार त्रिभुवन विश्वविद्यालयमा झलनाथ खनाल हीराबहादुर महर्जनलाई उपकुलपति बनाउन चाहनुहुन्छ । तर, विश्वविद्यालयका एमाले कार्यकर्ताहरू भने कृष्णबहादुर मानन्धरको पक्षमा उभिएका छन् । त्रिभुवन विश्वविद्यालयको रुग्ण अवस्थाबाट मुक्ति खोज्नेहरू केदारभक्त माथेमाजस्ता व्यक्ति उपकुलपति चयन हुनुपर्ने धारणा राख्छन् र अहिले माथेमा आउन चाहनुहुन्न भने नरोत्तम उपाध्यायबाट पनि काम चल्न सक्ने ठान्छन् । कतिले डा. सुरेन्द्र केसीको पनि नाम अघि सार्ने गरेको पाइन्छ । तर, एमालेले योग्यभन्दा आफ्नो मान्छेमा ध्यान केन्द्रित गर्ने भएकोले महर्जन या मानन्धरमध्ये एक त्रिविको उपकुलपति बन्ने विश्वास गरिन्छ । पर्ूवाञ्चल विश्वविद्यालयको उपकुलपतिमा चाहिँ एमाले नै भए पनि योग्य मानिसको चयन हुन लागेको बताइन्छ । जानकारीअनुसार एमालेले प्रा.डा. खगेन्द्र आचार्यको नाम अगाडि सारेको छ ।
सरकारले विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूको नियुक्त गर्न ढिलाइ गरेका कारण विश्वविद्यालयका दैनिक काममा गम्भीर असर परिरहेको छ । पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नभएको कारण देखाएर अहिलेसम्म परीक्षा कार्यक्रम नै निर्धारण गरिएको छैन । दैनिक प्रशासनिक तथा अन्य कार्यमा समेत कठिनाइ उत्पन्न हुने गरेको विश्वविद्यालय स्रोतले जनाएको छ ।

यस्ता पो मन्त्री !
केही गर्ने इच्छा, तत्परता, दृढता र इमानदारी भयो भने मानिसलाई कुनै कुराले पनि रोक्न सक्दैन भन्ने कुराको दृष्टान्त ऊर्जामन्त्री गोकर्ण विष्ट बन्नुभएको छ । कान्छा मन्त्री गोकर्णले डेढ महिनाभित्र गर्नुभएको कामले मन्त्रिमण्डलका अन्य सदस्यहरूलाई पछाडि पारिदिएको मात्र छैन, यसअघिका ऊर्जामन्त्रीहरूलाई समेत गिज्याएको महसुस गराएको छ । मन्त्री विष्टले देशमा विद्यमान ऊर्जा सङ्कट समाधानका लागि तामाकोसीजस्तो पाइपलाइनमा रहेको आयोजनालाई तत्काल शिलान्यास गरेर जोडदार गति दिनुभएको छ भने अन्य आयोजनाहरूको निर्माणकार्य अघि बढाउन अग्रसरता लिनुभएको जानकारीमा आएको छ । उहाँले विद्युत् चोरीलाई नियन्त्रण गर्न विशेष अभियान सुरु गर्नुभएको छ भने घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणको सुधारका लागि नयाँ योजना र कार्यक्रमको तर्जुमा गर्न लाग्नुभएको छ । प्राधिकरणको प्रमुख नियुक्ति गर्न यसअघि हुँदै आएको ‘लेनदेन’को परम्परा अन्त्य गर्दै विष्टले खुला प्रतिस्पर्धाद्वारा कार्यकारी प्रमुख छनोट गर्ने प्रक्रिया सुरु गर्नुभएको छ । विद्युत् आयोजनाहरूको निर्माणका क्रममा विभिन्न क्षेत्रबाट उत्पन्न गरिने व्यवधान र अड्चन हटाउन उहाँले आयोजनास्थलमा सुरक्षाकर्मी परिचालनको व्यवस्था मिलाउनुभएको छ । त्यसैगरी निजी क्षेत्रलाई विकास कार्यमा उत्साहित र
प्रोत्साहित गर्न विद्युत् खरिद मूल्यमा बीस प्रतिशत वृद्धि गरी विद्युत् आयोजना निर्माणका निम्ति अभिप्रेरित गर्नुभएको छ । त्यस्तै प्रसारण लाइनहरूको अभावका कारण उत्पन्न सङ्कट र्टार्न मर्स्याङ्दी-काठमाडौंसहित देशका विभिन्न करिडोरमा प्रसारण लाइन निर्माणको निम्ति आवश्यक प्रक्रिया सुरु गराउनुभएको छ । देशमा विद्युत् ऊर्जाको चरम सङ्कट हुँदा पनि निदाएर बसेका सम्बन्धित निकायहरूलाई मन्त्री विष्टले झकझक्याउनुभएको छ । विष्टको कामका कारण झलनाथ खनाल सरकारप्रति नै जनसाधारण सकारात्मक बन्ने स्थिति देखापरेको छ । अहिले विष्टले दर्शाउनुभएको अग्रसरता पाँच वर्षअघि लोकतन्त्र स्थापना हुनेबित्तिकैका ऊर्जा ? जलस्रोत) मन्त्रीले दर्शाएका भए सम्भवतः मुलुकले यति ठूलो अन्धकारको सामना गर्नुपर्ने थिएन । यर्सथ गोकर्ण विष्ट सम्पूर्ण नेपालीका लागि धन्यवाद र बधाईको पात्र बन्नुभएको छ ।

इतिहासकै ठूलो मुद्दा दायर
भ्रष्टाचार प्रकरणमा नेपालको इतिहासकै सबैभन्दा ठूलो मानिएको सुडान घोटालामा संलग्न भएको आरोप लगाई विशेष अदालतमा मंगलबार दिउँसो मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडान घोटालामा संलग्न भएको भन्दै तीन पूर्वआईजीपी, दुई बहालवाला एआईजीसहित प्रहरी अधिकृत तथा ठेकेदार गरी ३६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टाचारको एउटै काण्डमा यति धेरै मानिसविरुद्ध मुद्दा दायर भएको सम्भवत यो पहिले घटना हो । रकमका दृष्टिले पनि सुडान घोटाला सबैभन्दा ठूलो मानिन्छ ।
अख्तियारले पूर्वआईजीपीहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई अभियुक्त ठहर्‍याएको छ । त्यसैगरी बहालवाला एआईजीहरू मदन खड्का, अर्जुनजंगबहादुर शाहीलाई पनि अभियुक्त बनाइएको छ भने पूर्वएआईजीहरू दीपक थाङ्देन, श्यामसिंह थापा, दीपेन्द्रबहादुर विष्ट डीआईजीहरू रमेशविक्रम शाह, टपेन्द्रध्वज हमाल, पूर्वडीआईजीहरू दीपक श्रेष्ठ, नीरज पुन, सुरेन्द्र
पाल, एसपीहरू रवीन्द्रप्रताप राणा, श्यामबहादुर खड्का, शिव लामिछाने, अजितकुमार गुरुङ, रमेशकुमार पाण्डे, विजयलाल कायस्थ, पूर्वएसपी नरेन्द्र खालिङ, एसपीहरू मनोज न्यौपाने, नीरज शाही, गुप्तबहादुर श्रेष्ठ, कृष्णप्रसाद गुरागाईं, सञ्जयसिंह बस्नेत, पीताम्बर अधिकारी, कामु एसपी डा. रामकृष्ण राजभण्डारी, डीएसपीहरू विद्याराज श्रेष्ठ, प्रकाश अधिकारी, दिनेश केसी, पूर्वडीएसपी हरिहर श्रेष्ठ, इन्सपेक्टरहरू अर्जुनप्रसाद तिमिल्सिना, लालगोविन्द श्रेष्ठ, गिरीधारी शर्मा र ठेकेदारहरू माइकल रिडर ? असुर रिक्स लन्डनका निर्देशक) र शम्भु भारती ? भगवती टेडर्सका प्रोप्राइटर) रहेका छन् । अख्तियारले यी आरोपीबाट २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै यसलाई बिगोका रूपमा प्रस्तुत गरेको छ ।
यद्यपि यस प्रकरणमा अर्जुनजंगबहादुर शाही, सुरेन्द्र पाल, नीरज पुन, दीपककुमार थाङ्देन, रमेशविक्रम शाह, रामकृष्ण राजभण्डारी, अजितकुमार गुरुङ, टपेन्द्रध्वज हमाल, विजयलाल कायस्थ र पीताम्बर अधिकारी निर्दोष रहेको र उनीहरूमाथि अन्याय भएको गृहका केही अधिकारीको भनाइ छ । सम्बद्ध सूत्रका अनुसार उल्लिखित व्यक्तिहरूको प्रत्यक्ष-अप्रत्यक्ष कुनै भूमिका रहेको थिएन । स्रोतले घटना र विचारसँग भन्यो, ‘सुडान काण्डमा एपीसी खरिदका लागि निर्देशन दिने, खरिद-प्रक्रियामा सम्बन्धित व्यक्तिहरू, ठेक्का स्वीकृत गर्ने र भुक्तानी गर्ने मात्र दोषी ठहराउनुपनर्ेर्ेे निर्दोषलाई पनि मुछ्ने काम भएको छ ।’
एपीसी खरिदका बेलामा गृहमन्त्री रहेका कृष्णप्रसाद सिटौला, वामदेव गौतम र भीम रावल तथा तत्कालीन गृहसचिवहरू उमेश मैनाली र गोविन्द कुसुम, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई पनि तान्ने अनुमान गरिएको थियो । तर, उनीहरूलाई अख्तियारले जोगाएको छ ।

पेरिसमा गणतन्त्र दिवस
नेपाली राजदूतावास, पेरिसको आयोजनामा चौथो गणतन्त्र दिवस मनाइयो । सो अवसरमा प|mान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवनको आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गणतन्त्रको स्थापनापश्चात् देशमा राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनहरू आइराखेको र नयाँ समावेशी संविधान बनेपछि आमनेपालीले आ-आफ्नो हकहित सुरक्षित भएको महसुस गर्न पाउने भएकाले नयाँ नेपाल बनाउने अभियानमा एकताबद्ध भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल एक बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक देश भएकोले विविधतामा एकता नै हाम्रो शक्ति तथा समृद्धिको आधार हुने बताउनुभयो । नेपाली जहाँ बसे पनि आफ्नो देशलाई अगाध माया गर्छन् भन्दै राजदूत श्रेष्ठले नेपालको उन्नतिका लागि सबैले काँधमा काँध मिलाई काम गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । सो अवसरमा एभरेष्ट नेपाल एसोसिएसनका अध्यक्ष शैलेन्द्र महर्जन, मेजो कल्चर अफ नेपालका अध्यक्ष हेमन्त उपाध्याय, नेपाली एकता समाजका अध्यक्ष तप्त भण्डारी, तमू समाजका उपाध्यक्षलगायत कलाकार र विद्यार्थी, प्रसिद्ध सितारवादक नरेन्द्र बाटालु तथा ख्यात्रि्राप्त नेपाली पेन्टर केशव मल्ल र प|mान्सस्थित युनेस्को मुख्यालयका पूर्वडाइरेक्टर बिहारीलाल राजभण्डारीको पनि उपस्थिति थियो । मिनिष्टर काउन्सेलर जीवनप्रकाश श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा सहचारी भरत खनालले पाहुनाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

लुटेरा पक्राउ
देशका विभिन्न भागमा लुट्दै हिँड्ने दुईजनालाई लमजुङ प्रहरीले पक्रेको छ । पक्राउ परेकाहरूमा पोखरा उपमहानगरपालिका- १८, छिनेडाँडा भेडीफारमका जसबहादुर थापामगर र लमजुङ गाउँसहर-८, नरुवल पाखाथोकका उज्ज्वल भनिने भरत आलेमगर छन् । जसबहादुरलाई लमजुङ प्रहरीले चितवनबाट र भरतलाई गाउँबाटै पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट छुट्टाछुट्टै व्यक्तिको नाम गरेको झन्डै २० लाखबराबरको चेक, नेपाली सेनासम्बन्धी कागजपत्र र छाप, जग्गाधनी प्रमाणपर्ुजा, लाइसेन्स, नक्कली सुनका गहनालगायत बरामद गरेको बताइएको छ ।
जसबहादुर थापामगर कर्तव्यज्यान मुद्दामा ११ वर्ष र भरत आलेमगर नेपाली सेनाको भगौडा मुद्दामा तीन वर्ष केन्द्रीय कारागारमा बसेर केही वर्षअघि मात्र मुक्त भएर फेरि ठगी र लुटपाटमा संलग्न हुँदै आएका व्यक्ति भएको बुझिएको छ । उनीहरूविरुद्ध लमजुङ भोटेओडारका यानमाया गुरुङको घरमा नेपाली सेनाको सुवेदार भन्दै नशालु पदार्थ खुवाएर लुटपाट गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ । उनीहरू यानमायाको घरबाट गत असोजमा साढे ५ तोलाको सुनको सिक्री र बाला चोरेर भागेका थिए । -छविलाल बगाले

उखु कृषकको अधिवेशन सम्पन्न
परासी । उखु उत्पादक कृषक समिति नवलपरासीले आफ्नो वर्गीय हकहित संरक्षणका लागि आफ्नै दोस्रो जिल्ला अधिवेशन प्रतापपुरको बेलाटारीमा सम्पन्न गरेको छ । उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष परम्हंस चतुर्वेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य एवम् एकीकृत माओवादीका नेता चिनक कुर्मीले कृषकको सामूहिक शक्तिबाट नै आफ्नो न्यायोचित माग पूरा गर्न सकिने बताउँदै उखु कृषकले प्राप्त उपलब्धिको रक्षा गर्दै थप मागलाई एकताबद्ध रूपमा मात्र प्राप्त गर्न सकिने बताए । सो अवसरमा एमाले नवलपरासीका अध्यक्ष तिलक महतले उखु कृषकको समस्यालाई राष्ट्रले सम्मानजनक ढङ्गले पूरा गर्नुपर्ने कुरामा जोड दिए ।
अधिवेशनमा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुभान अन्सारी, फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अनिल गौड, नेपाली काङ्ग्रेसका क्षेत्रीय अध्यक्ष मुकुल आचार्य, पत्रकार होमराज रानाभाट, लोरिक यादव, मीनलाल न्यौपाने, गजानन्द पटेल, सहकारी व्यवस्थापक कृष्णप्रसाद ढकाललगायतले उखु कृषकको समस्याबारे चर्चा गरेका थिए । कार्यक्रममा उखु उत्पादक कृषकको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने पाँच व्यक्तिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा परम्हंस चतुर्वेदी, गोपालमेहर श्रेष्ठ, दूधनाथ गुप्ता, प्रेमचन्द्र गुप्ता र अमरिस राय रहेका थिए ।
कुल १२४८ प्रतिनिधि सदस्य रहेको समितिको नयाँ नेतृत्व चयन गर्ने निर्वाचन जेठ २८ गते गरिने भए पनि मतदाता लिष्ट चुस्त-दुरुस्त पारी असारको पहिलो सातामा गरिने बताइएको छ ।

पर्यटन प्रवर्द्धनका लागि दोहामा वृत्तचित्र
नेपाली राजदूतावास दोहा (कतार) ले नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन वर्ष सफल बनाउने उद्देश्यले दोहाका स्थानीय, विदेशी नागरिक एवम् पर्यटकहरूका लागि लोकप्रिय एवम् आकर्षक गन्तव्यको रूपमा विकास भएको भिलाजियो सपिङ मलमा नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गराउन एक विशेष प्रकारले तयार पारिएको लघु वृत्तचित्रको प्रदर्शन सुरु गरेको छ । नेपालको मानचित्र, राष्ट्रिय झण्डा, प्राकृतिक मनमोहक सौर्न्दर्य, जङ्गल सफारी, ट्रेकिङ, प्याराग्लाइडिङ, र्‍यापि\mटङ तथा भगवान् गौतम बुद्धको तस्बिरसहित दृश्यावली समेटेर तयार पारिएको वृत्तचित्र ३० जुनसम्म लगातार पर््रदर्शन गरिने छ भने उक्त वृत्तचित्रले भिलाजियो सपिङ मलमा आउने स्थानीय कतारी नागरिक तथा अन्य आगन्तुकलाई नेपालको प्राकृतिक सौर्न्दर्यका साथसाथै नेपालबारे प्रशस्त जानकारी दिलाउने विश्वास गरिएको छ ।

धमलाको धमाका
राजनीतिमा कति पात्र आए, कति हराए । मिडियामा पनि कति अनुहार उदाए, कति अस्ताए । तर, एक दशकभन्दा बढी समयदेखि मिडियामा एकछत्र छाइरहेका पात्र हुन्, ऋषि धमला ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममार्फत हरेक दिन हट न्युज दिएर चर्चामा रहँदै आएका धमला सक्रिय सञ्चारकर्मी हुन् । समसामयिक विषयमा तत्काल उच्चपदस्थ नेता एवम् अधिकारीहरूसँग साक्षात्कार गराउने उनको जोडा छैन भने पनि हुन्छ । उनले १० दिनभित्रमा सहमति कायम गर्न बिहानैदेखि व्यस्त हुने प्रमुख ठूला तीन दलका शीर्ष नेताहरू प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई टेलिभिजन अन्तर्वार्तामा ल्याइदिए ।
छापा मिडियामा पकड राख्दै आएका धमला पछिल्लो समयचाहिँ टेलिभिजनको संसारमा रमाएका छन् । हिमालयन टेलिभिजनमा ‘आरडी टक सो’मार्फत मुलुकका शीर्ष नेतृत्वसँग ज्वलन्त मुद्दाहरूमा पेचिला अन्तर्वार्ता लिइरहेका हुन्छन् भने नेपाल टेलिभिजनमा ‘यहाँसम्म आइपुग्दा’ नामक सङ्घर्ष र सफलताको प्रेरणादायी कार्यक्रम चलाउँछन् ।
हिमालयनमा प्रत्येक शनिबार साढे ९ बजे उनको साप्ताहिक कार्यक्रम छोटै समयमा लोकप्रिय भयो । नेपाल टेलिभिजनमा हरेक बिहीबार आउने साप्ताहिक कार्यक्रममा चाहिँ समाजका विभिन्न तह र तप्काका व्यक्तिको सङ्घर्षशील जीवनकथा समेटिएको छ । यसअघि उनले नेपाल वान टेलिभिजनमा समेत टक सो चलाइसकेका छन् । टेलिभिजन मात्र होइन, रेडियो राजधानीमा प्रत्येक दिन ‘ताजा बहस’ नामक कार्यक्रम चलाउन पनि उनले भ्याएकै छन् । यो लोकप्रिय रेडियो कार्यक्रम हो । यसबाहेक अनलाइन मिडिया रिपोर्टर्स क्लब डटकममा पनि उनको सक्रियता छँदै छ । आखिर सारा काम गर्न उनी कसरी भ्याइरहेका छन् त ?
‘मैले रिपोर्टर्स क्लबमा साक्षात्कार कार्यक्रम चलाएको १४ वर्ष भयो, तैपनि मिडियामा ब्रेकिङ न्युज दिने भोक कहिल्यै मेटिएको छैन,’ धमलाले भने, ‘म अब टेलिभिजन मिडियामा केही नवीनतम् काम गर्न लागिरहेको छु ।’ पत्रकारितामा उनले सायद आराम सोचेकै छैनन् । ‘मेरो अहोरात्र काममा खटिने स्वभाव देखेर पत्रकार साथीहरू नै दङ्ग पर्छन्,’ उनले सुनाए, ‘यसरी खटिएको देख्दा मुलुकका श्रेष्ठ राजनेताहरू पनि कसरी भ्याउनुभएको छ ऋषिजी भनेर सोध्छन् ।’
यसबाहेक हरेक साता विभिन्न साप्ताहिक पत्रिकामा उनले समसामयिक अन्तर्वार्ता लिएकै हुन्छन् । साप्ताहिक विमर्शमा उनले लामो समयदेखि ‘प्रेम र जीवन’ स्तम्भसमेत चलाइरहेका छन् । त्यसैगरी घटना र विचार, सत्याग्रह र विमर्शमै पनि मुलुकको जल्दोबल्दो विषयमा राजनेताहरूको विचार प्रकाशित गराएर जनताको विचार निर्माणमा पनि उनले सक्रिय भूमिका निर्वाह गरिनै रहेका छन् । यति मात्रै होइन उनी आफैं एउटा न्युज एजेन्सीभन्दा कम छैनन् । देश भरीका एफएम रेडियोलाई लाइभअन्तर्वार्तामार्फत राजधानीको हटन्यूज निःशुल्क दिइनै रहेका हुन्छन् ।

गीतकार तृषितप्रति समवेदना
निर्झ दिलचेत वाङ्मय प्रतिष्ठानको हालै बसेको बैठकले आधुनिक नेपाली गीत सिर्जनाका दीर्घसाधक गीतकार राममान तृषितको असामयिक निधनप्रति गहिरो दुःख र हारि्दक समवेदना प्रकट गरेको छ । प्रतिष्ठानले गीतकार तृषितको असामयिक निधनले नेपाली गीति फाँटलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै यस दुःखद् घडीमा उहाँका शोकसन्तप्त परिवारजनहरूप्रति धैर्यधारण गर्ने शक्ति र दिवंगत आत्माप्रति चिरशान्तिको कामना गरेको छ । बैठक प्रतिष्ठानका अध्यक्ष कवि रामेश्वर राउत मातृदासको अध्यक्षतामा बसेको थियो ।

शरणार्थी-समस्यामा स्पष्ट कदम चाल्न भुटानलाई अमेरिकाको आग्रह
यस क्षेत्रका शरणार्थी तथा जोखिममा रहेका अन्य समुदायका सम्बन्धमा मानवीय संरक्षण र सहयोगका विषयहरूबारे छलफल गर्ने उद्देश्यले जनसङ्ख्या, शरणार्थी तथा बसाइँसराइ विभागका लागि अमेरिकी उपसहायक विदेशमन्त्री केली क्लेमेन्ट्सलेे भुटान र नेपालको भ्रमण गर्नुभएको छ । गत १९ देखि २२ गतेसम्म भुटान र जेठ २२ देखि २३ सम्म नेपाल भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री क्लेमेन्ट्सले भुटानी सरकारी नेताहरूसँग भेटी नेपालमा लम्बिएको अवस्थामा रहेको शरणार्थीको स्थिति समाधानका लागि अविलम्ब सुस्पष्ट कदमहरू चाल्न आग्रह गर्नुभयो । सो अवसरमा लोकतान्त्रिक मूल्य-मान्यता र मानव अधिकारप्रतिको प्रतिबद्धताको चिह्नस्वरूप भुटानी नागरिकताका लागि वैध दाबी भएका शरणार्थीको स्वेच्छिक फिर्ता तथा पुनः समायोजनका लागि कार्यविधिहरूबारे द्विपक्षीय वार्तामा सकेसम्म छिटो पुनः सहभागी हुन आफूले अप्रिल २०११ मा नेपाल सरकारलाई राखेको प्रस्तावलाई भुटानले पुनः जोड दिएको थियो । भुटान सरकारले यस मानवीय स्थितिलाई र विशेषगरी अति जोखिममा रहेकाहरूको अवस्थालाई मानवोचित र समयोचित ढङ्गले समाधान गर्न अन्य बाटाहरू पनि केलाउने कुरामा सहमति जनाएको पनि अमेरिकी दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
उपसहायक विदेशमन्त्री क्लेमेन्ट्सले भुटान र नेपाल सरकार सहमतिमा पुगेपछि अमेरिकी सरकार र अन्तर्रर्ााट्रय समुदाय शरणार्थीको फिर्ता र पुनः समायोजनको व्यवस्थासम्बन्धी प्रक्रियाका सम्बन्धमा सहयोग गर्न तयार रहेको कुरालाई जोड दिनुभयो । उहाँले नेपालका शिविरमा रहेका सबै शरणार्थीको पुनर्वासको सम्बन्धमा र उनीहरूका लागि चिरस्थायी समाधान पत्ता लगाउने कार्यमा प्राप्त सहयोगका लागि नेपाल सरकारलाई अमेरिकी सरकारका तर्फबाट प्रशंसा व्यक्त गर्नुभयो । क्लेमेन्ट्सले भारत प्रस्थान गर्ने नयाँ तिब्बती आगन्तुकहरूको सुरक्षित पारवहनको सुनिश्चितताका लागि र नेपाल बसोबास गर्ने तिब्बतीको आधारभूत अधिकारहरूको सम्मानका लागि पनि अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारको प्रशंसा गर्नुभयो ।

गृह प्रशासनद्वारा सुकुम्बासी बस्तीमा आगजनी
आफूलाई सर्वहाराको सरकार भन्न रुचाउने सरकारले र्सलाहीको कर्मैया गाविसस्थित दक्षिणी सीमाक्षेत्रको बागमती नदीकिनारमा रहेको सुकुम्बासी बस्तीमा आगो लगाएर सुकुम्बासी जनताको बिचल्ली पारेको भन्दै चुरेभावर राष्ट्रिय पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीले विरोध जनाउनुभएको छ । गत शुक्रबार कमैयाको सो सुकुम्बासी बस्तीमा गृह प्रशासनमातहतका सशस्त्र तथा नेपाल प्रहरी र सागरनाथ वन विकास परियोजना मिलेर ९१ घरझुपडीमा आगजनी गरिएको थियो ।
गृह मन्त्रालय यतिबेला हरेक विषयमा ‘जन’ शब्द जोड्न रुचाउने र सर्वहारा जनताको दुहाई दिने एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको परिवेशमा यसरी वषार्मासको मुखमा जनतालाई वासबाट लघार्ने काम गरेकोमा भत्र्सना गर्दै अध्यक्ष मैनालीले विज्ञप्ति प्रकाशित गर्दै भन्नुभएको छ, ‘सरकारले निमुखा र गरिब जनतालाई गाँस, बास र कपास दिने हो कि आफ्नै दुःखजिलो र बनीबुताबाट जोगाड गरेको ओतबाट बेदखल गर्ने हो ? कुनै विकल्प दिनु त कता हो कता उल्टै पूरै बस्तीमा अचानक आगो लगाएर कलिला बालबच्चासहितलाई चिसो बगरमा बास बस्न बाध्य पारेर सरकारले आफ्नो जनविरोधी चरित्र उदाङ्ग पारेको छ ।’ उहाँले सरकारी अकर्मण्यता र ज्यादतिका कारण बिचल्लीमा परेका चार-पाँच सय सुकुम्बासी जनतालाई तत्काल गाँसबासका साथै आवश्यक राहत प्रदान गर्न सरकारसँग माग गर्नुभएको छ ।

मेगा प्रोजेक्टबिना देश उँभो नलाग्ने
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष दिनेशचन्द्र देवकोटाले मेगा प्रोजेक्टको निरन्तरता र ग्रामीण अर्थतन्त्रको विकास गर्ने योजनालाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् । मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर-दक्षिण करिडर, फास्टट्रयाक र अपर तामाकोसी निर्माणकार्यलाई निरन्तरता दिँदै ग्रामीण दूरदराजका नागरिकको उत्थानलाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी देवकोटाले दिए । ठूलो र पहिलो प्राथमिकताका योजनामा छुट्याइएको बजेट अन्य योजनामा रकमान्तर हुनबाट रोकिएको जानकारी दिँदै मेगा प्रोजेक्टलाई वारि्षक र अल्पकालीन बजेटमा भन्दा आवधिक योजनामा राखेर सोहीअनुसार निर्वाध अगाडि बढाउनुपर्नेमा आफू योजना बनाउन तल्लीन रहेको उनको कथन थियो । मेगा प्रोजेक्टमा काम गरेर मात्र अब नेपालको आर्थिक-सामाजिक रूपान्तरण सम्भव छ- उनको तर्क थियो ।

व्यावसायिक फोरमको बैठकमा राजकरि्णकार
चीनको कुनमिङ सहरमा गत २२ गतेदेखि आयोजना भएको छैटौँ चीन-दक्षिण एसिया व्यावसायिक फोरमको बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकरि्णकार नेतृत्वको तीन सदस्यीय महासङ्घको प्रतिनिधिमण्डलले भाग लिएको छ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा महासङ्घको कार्यकारिणी समितिका सदस्य कल्याणकृष्ण ताम्राकार र ललितपुर उद्योग वाणिज्य सङ्घका कार्यकारिणी समिति सदस्य रवीन्द्रराज ताम्राकार हुनुहुन्छ । उक्त बैठकमा र्सार्क राष्ट्रका उद्यमी-व्यवसायीहरू, लगानीकर्ताहरूका साथै चिनियाँ उद्यमी व्यवसायीहरूको समेत सहभागिता छ ।
अन्तर्रर्ााट्रय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद्द्वारा आयोजना भएको उक्त बैठकको यस वर्षको मुख्य विषय चीन तथा दक्षिण एसियाबीच व्यापार तथा लगानी रहेको बताइएको छ । उक्त बैठकमा महासङ्घका उपाध्यक्ष राजकरि्णकारले चीन-दक्षिण एसियाबीचको आर्थिक, व्यापारिक, लगानीसहितका अन्य सहयोगका क्षेत्रहरू सम्बन्धमा मन्तव्य राख्नुहुने महासङ्घले जनाएको छ ।

रसुवामा बसेर जाली आइसीको यत्रो कारोबार !
भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय कारागारमा बन्दीजीवन बिताइरहेको युनुस अन्सारीको सहयोगी बताउने चित्रमान डङ्गोलले रसुवाको चिलिमेस्थित थुम्बुचेत बजारमा बसेर नक्कली भारतीय नोटको अवैध कारोबार गरिरहेको रहस्य खुलेको छ । रसुवाको चिलिमेस्थित थुम्बुचेत बजारमा केही समयअघिदेखि बस्न थालेका चित्रमान यसभन्दाअघि भारतको केरलामा बसेर अध्ययन गर्ने गरेको भए पनि भारतीय जाली नोटको कारोबारका लागि भारतका विभिन्न प्रमुख सहरमा पुग्ने गर्थे । रसुवाको लहरेपौवा गाविस-२ लहरेमा रहेको आफ्नो घरमा कहिलेकाहीँ मात्र पुग्ने डङ्गोलले काठमाडौंको बालाजु माछापोखरी र ललितपुरको मंगलबजारलाई केन्द्रबिन्दु बनाई जाली नोटको कारोबार गर्नेे गरेका र भारतीय जाली नोटको जालो काठमाडौंदेखि भारतको केरलासम्म बिछ्याउन सफल भएका छन् ।
चित्रमानले आफ्नै जीवनसङ्गिनी लिडिया थोक्रालाई आफूले पाँच सय र हजार रुपैयाँ दरका भारतीय नक्कली नोट पाकिस्तानबाट त्रिभुवन विमानस्थल हुँदै वीरगन्ज नाकाबाट भारतीय बजारमा पुर्‍याउने गरेको बताएपछि यो रहस्यको पर्दाफास भएको हो । थोक्राका अनुसार पाकिस्तानी सरकारले भारतीय जाली नोट छाप्ने र पाकिस्तानबाट काठमाडौंसम्म नेपालस्थित पाकिस्तानी दूतावासका अधिकारीहरूले उक्त नोट ल्याउने र काठमाडौंबाट भारतीय बजारसम्म डङ्गोलसहित केन्द्रीय कारागारमा बन्दीजीवन बिताइरहेका अन्सारीको सहयोगीहरूले पुर्‍याउने गरेको पनि बताउने गरेका छन् । यी कुरा चित्रमान डङ्गोलकी जीवनसङ्गिनी लिडिया थोक्राले चित्रमान डङ्गोलसँग पैसा माग्दा विवाद भएपछि खुल्न आएको हो । डङ्गोलसँग केही समयअघि मात्र ५० हजार भारतीय रुपैयाँ देखेको तर माग्दाखेरि पैसा छैन भनी डङ्गोलले भन्दा ५० हजार भारतीय रुपैयाँको प्रसङ्ग निस्केपछि त्यो जाली नोट भएको रहस्य खुलेको हो । भारतीय बजारमा नक्कली भारतीय रुपैयाँ र सक्कली भारतीय रुपैयाँको कारोबार सराबरी हुने गरेको पनि डङ्गोलले बताउने गरेका छन् । काठमाडौंमा भने भारतीय जाली नोटको कारोबारमा संलग्न हुनेहरूले एक लाख रुपैयाँको भारतीय नक्कली नोट एक लाख नेपाली रुपैयाँ दिएर किन्ने गरेको थाहा भएको छ । यसो गर्दा कारोबारमा संलग्न हुनेहरूलाई ६० हजार रुपैयाँ फाइदा हुने गरेको छ ।
गत वर्ष केरलामा अवैध भारतीय नोटको कारोबार गरिरहेको अवस्थामा भारतीय सुरक्षाकर्मीहरू आएको सुइँको पाएर भाग्ने क्रममा डङ्गोलको एउटा खुट्टा भाँचिएको थियो । उनले केन्द्रीय कारागारमा बन्दीजीवन बिताइरहेका युनुस अन्सारीको सहयोगी भई लामो समयदेखि काम गर्दै आइरहेको भए पनि उनको सम्बन्ध पाकिस्तानी नागरिक अब्दुल गफ्फर, महम्मद खाइर युल वासार र मोहम्मद सुल्तान अलीसँग रहेको थाहा भएको छ । पाकिस्तानी नागरिक अब्दुल गफ्फर ०६६ भदौ १३ गते कतार एयरलाइन्समा दोहाबाट काठमाडौं आउने क्रममा पाँच सय दरका चार हजार आठ सय १० थान बरामद भएको थियो भने ०६६ चैत २१ गते होटल क्लासिकबाट महम्मद खाइर युल वासारलाई पाँच सय दरका नौ लाख ९८ हजार भारुसहित पक्राउ परेका थिए । यसैगरी ०६७ फागुन १० गते पाकिस्तानबाट नेपाल आएका मोहम्मद सुल्तान अलीबाट हजार दरका नौ सय ९६ र पाँच सय दरका चार हजार नै सय ९६ थान गरी ३४ लाख ९५ हजार भारु प्रहरीले बरामद गरेका थिए ।
केन्द्रीय कारागारमा बन्दीजीवन बिताइरहेका युनुस अन्सारीमाथि केन्द्रीय कारागारमै गोली प्रहार भएपछि चित्रमान डङ्गोल रसुवाको चिलिमेस्थित थुम्बुचेतमा गएर बस्न थालेका छन् र त्यहीँ रहेका क्रिश्चियन धर्मालवम्बीहरूद्वारा सञ्चालित विलिभर्स एकेडेमीमा पढाउन थालेका छन् । प्रहरी प्रशासनले चित्रमान डङ्गोलले गर्ने गरेको भारतीय नक्कली नोटको कारोबारबारे या त जानकारी पाएको छैन या आफ्नै स्वार्थका लागि यसमा छानबिन गरेको छैन, रहस्यकै विषय बनेको छ । डङ्गोलले जहिले पनि गितार बोक्ने गरेको र त्यही गितारभित्र पाँच लाख रुपैयाँसम्मको भारतीय नक्कली नोट राखेर हिँड्ने गरेको थाहा भएको छ । उनले पाकिस्तानी सहकर्मीहरू आउँदा त्यही गितार बजाएर मनोरञ्जन दिने गरेका छन् । -सुवानी सिंह

बोक्सीको आरोपमा महिलामाथि फेरि दुर्व्यवहार
गाउँकै एक महिलालाई बोक्सीको आरोपमा अभद्र व्यवहार गर्ने ५ जनालाई इलाका प्रहरी कार्यालय हरिवनका प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा हरिवनका सतल धामी, प्रवीण चौधरी, लक्ष्मीकान्त दनुवार, तैका धामी र बाबा धामी रहेका छन् । अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेपछि उनीहरूका आफन्तहरूले देउलीदेवी धामीकी २२ वषीर्या छोरी शान्ता धामीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारका लागि हरिवन नमुना अस्पताल लगिएकोमा उक्त अस्पतालबाट थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा लगिएको छ । शान्ता धामीलाई कुटपिट गर्ने अभियुक्तहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यसैबीच चितवन घुम्न गएका काठमाडौं कपनका ३२ वषर्ीय नरेन्द्रबहादुर खत्रीको कठारस्थित राप्ती नदीमा डुबेर मृत्यु भएको छ । घटनास्थलबाट दुई सय फिट तल खत्रीलाई मृत फेला पारिएको थियो । यसैगरी अचेत अवस्थामा फेलापरेका काठमाडौं महानगरपालिका डिल्लीबजार बस्ने ६० वषीर्य लवराज उपाध्यायको भेरी अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । उनलाई जेठ २० गते दिउँसो नेपालगन्ज नगरपालिका- १३ स्थित सडकमा अचेत अवस्थामा फेला पारिएपछि प्रहरीले उपचारका लागि उक्त अस्पतालमा पुर्‍याएको थियो ।

पर्यटकीय गाउँमा जातीय विभेदमाथि अन्तरक्रिया
लमजुङ/ जिल्लाको पर्यटकीय गाउँ खासुरमा ‘जातीय विभेदको अन्त्य गरौँ, समतामूलक समाजको निर्माण गरौँ’ भन्ने नाराका साथ जातीय विभेदसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । बाँझाखेत गाविसस्थित खासुरमा स्थानीय दलित समुदाय र गैरदलित समुदायका प्रतिनिधिका बीचमा जातीयविभेदसम्बन्धी अन्तरक्रिया गरिएको हो ।
नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष एवम् दलित अधिकारकर्मी किसान ‘संगीत’ नेपालीको प्रमुख आतिथ्य एवम् दलित अधिकारकर्मी विवश बुढाथोकीको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा स्थानीय दलित समुदाय र गैरदलित समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो । सो अवसरमा समुदायमा हुँदै आएको जातीय विभेद र दुर्व्यवहार, सामाजिक परम्परा र संस्कारका नाममा हुने कुसंस्कारका बारेमा छलफल गरिएको थियो । स्थानीय युवा राजनीतिक नेता, कार्यकर्ता, समाजसेवीदेखि बुद्धिजीवी भनेर चिनिएका व्यक्तिबाट पनि विभेद हुने गरेको र जातीय उत्पीडन सहनुपरेको दलित समुदायका सहभागीले बताएका थिए । तालिम, गोष्ठी र अन्तरक्रियाहरूमा एकैठाउँमा बसेर खाने तर मेलापात र गाउँघरमा भने खाजा खाँदा गैरदलित समुदायका व्यक्तिहरू छुट्टै बस्ने गरेको यथार्थ पनि सहभागीहरूले बताएका थिए । श्रम विभाजनबाट सुरु भएको जातीय परम्पराको गलत अभ्यासका कारण छुवाछुत र विभेदको कुसंस्कारमा पुगेकोले त्यसको विरुद्धमा सचेतना जगाउँदै जानुपर्ने, व्यक्तिगतदेखि पारिवारिक र सामुदायिक रूपमा सभ्य बन्दै जानुपर्नेमा सहभागीले जोड दिएका थिए । कार्यक्रममा रत्नप्रकाश प्राविका प्रअ होमबहादुर बोहरा, जनआशापूर्ण प्राविका शिक्षक र्सर्ूयप्रसाद गुरुङ, स्थानीय समाजसेवीहरू बुद्धिबहादुर विक, आइतसिं विक, भरत घले, मुनिन्द्रजंग गुरुङ, प्रेम गुरुङ, रूपा घलेलगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
जिल्ला विकास समिति र युवा सूचना केन्द्रको सहयोगमा भएको सो कार्यक्रम स्थानीय खासुर प्रगतिशील युवा क्लबको आयोजनामा भएको हो । क्लबका अध्यक्ष हीरालाल विकको अध्यक्षतामा भएको कार्यक्रममा उपेन्द्र परेटले सहजीकरण गर्नुभएको थियो ।-छविलाल बगाले