फिजीका विद्रोही नेता स्पेइटलाई जेल सजाय माफी, रिहा गरियो

फिजीका विद्रोही नेता स्पेइटलाई जेल सजाय माफी, रिहा गरियो


फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ । देशद्रोहको आरोपमा २४ वर्ष जेलमा बिताएपछि माफीपछि उनी बिहीबार (३ असोज) नै रिहा भएका छन् ।

फिजी करेक्सन सर्भिसले भनेको पूर्वव्यवसायी विद्रोही नेता स्पेइटसहित ६ जनालाई औपचारिक रूपमा माफी दिइएको छ ।

राजनीतिक रूपमा संवेदनशील मुद्दाहरू समाधान गर्न गठन गरिएको ‘दया आयोगको सिफारिसमा उनलाई क्षमादान दिइएको छ ।

स्पेइटले सन् २००० को जातीय विद्रोहको नेतृत्व गरेका थिए भने उनको समूहले प्रधानमन्त्री महेन्द्र चौधरी र सांसदहरूलाई ५६ दिनसम्म बन्धक बनाएको थियो ।

स्पेइटले आफ्नो रिहाइ आदिवासी फिजिबासीहरूको विजय भएको छ ।

उनको गिरफ्तारीले फिजीमा दङ्गा मच्चेको र जेलमा रहेका समय उहाँलाई संसदमा निर्वाचित गरेका थिए ।

देशद्रोहको आरोप लागे पनि उहाँलाई दिइएको मृत्युदण्डको सजाय भने घटाइएको थियो ।

विशेषगरी आदिवासी फिजियन सहयोगीहरूले उनको माफी र रिहाईको मुद्दा वर्षौंदेखि उठाएका थिए ।