सुरक्षा कारबाहीमा बीस आईएस आतंककारी मारिए

सुरक्षा कारबाहीमा बीस आईएस आतंककारी मारिए


अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारमा इस्लामिक स्टेट्स आतंककारीविरुद्ध सुरक्षा बलले गरेको स्थल र वायु कारबाहीमा परी कम्तीमा २० जना मारिएको अफगान रक्षा मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

पहिलो घटनामा आईएसका दुई प्रान्तीय कमान्डरसहित १७ जना आईएस आतंककारी मारिएका छन् । नानगाहार प्रान्तको हसका मिना जिल्लामा सो कारबाही भएको थियो ।

छिमेकमा पर्ने पचिर व अगाम जिल्लामा अफगान सुरक्षा अधिकारीहरूले गरेको हवाई कारबाहीमा तीन आतंककारी मारिएका अफगान रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

यस विषयमा आईएस आतंककारी समूहले भने केही टिप्पणी गरेका छैनन् ।