इटहरीस्थित लुम म्याट उद्योगमा भीषण आगलागी

इटहरीस्थित लुम म्याट उद्योगमा भीषण आगलागी


इटहरीमा उपमहानगरपालिका–१० मा रहेको एक उद्योगमा भीषण आगलागी भएको छ । लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा आगलागी भएको हो । उद्योगको मुख्य गोदामबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणका लागि सुनसरीको इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र विराटनगर महानगरपालिकाको दमकल परिचालन भएको प्रहरीले जनाएको छ । पूर्वी पृतना इटहरीका नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी आगलागी नियन्त्रणमा खटिएको छ ।