गजल– जेबी खत्री

गजल– जेबी खत्री


indreniचन्द्रमामा कालो दाग हुन्छ भन्नेहरू
कल्पनाको आकाशमा तारा गन्नेहरू ।

कर्म गर कर्ममा नै विश्वास गर्ने गर
जीवनभरि दुःखी हुन्छन् रिस गर्नेहरू ।

सेवामा नै धर्म हुन्छ सेवा गर्ने गर
तातो तेलमा डुब्छन् अरे पाप गर्नेहरू ।

कसैको नि खोजीनिती गर्दै नगर
गर्नेहरू गर्दै गर्छन् ती बानी परेकाहरू ।