फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’ हरूले आन्दोलनका क्रममा राखेका मागको पनि सम्बोधन हुने भन्दै यस विषयमा त्यहाँको संसदलाई विश्वस्त पार्ने प्रयास गर्ने जनाएको छ । मंगलबार बस्ने त्यहाँको संसदको बैठकलाई फ्रान्सेली सरकारले यस विषयमा आश्वस्त पार्ने प्रयास गर्ने समाचारमा जनाइएको छ ।
पहेँला टिसर्टधारीले आन्दोलनकै माध्यमबाट सरकारलाई दबाब दिने प्रयास गरिरहेका बताइएको छ । सोमबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सो सम्बोधनका क्रममा हाल फ्रान्समा जारी रहेको आन्दोलनलाई मत्थर पार्ने प्रयास गरेको बताइन्छ ।
सम्बोधनपछि सरकारले मंगलबार संसदलाई आश्वस्त पार्ने प्रयास गर्न लागेको अर्काे एक समाचारमा जनाइएको छ । सो घोषणामा हाल आन्दोलनमा जारी राखिएका मागलाई राष्ट्रपतिले सम्बोधन गरेको बताइएको छ ।
महँगीविरुद्ध आन्दोलन चर्किएपछि दबाबमा परेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन् । सो आन्दोलनमा इन्धनको मूल्य वृद्धिको निर्णय फिर्ता लिन र महँगी नियन्त्रण गर्न राष्ट्रवपतिसमक्ष माग गरिएको छ ।
तर राष्ट्रपति म्याक्रोँ यी काममा असफल भएको आरोप आन्दोलनकारीको छ । फ्रान्सेली राष्ट्रिय टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै उनले सन् २०१९ देखि न्यूनतम तलबमा मासिक एक सय यूरो बढाउनेलगायतका घोषणा गरेको बताइएको छ ।
कम आय भएका र पेन्सन बुझ्दै आएकामा लगाइएको कर पनि खारेज गरिएको राष्ट्रपति म्याक्रोँले सो सम्बोधनका क्रममा बताएका छन् । ओभर टाइमको आम्दानीमा पनि अब कर लाग्नेछैन । सम्बोधनमा रोजगारदातालाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने उनले बताएका छन् ।
प्रतिक्रिया