खाङ्गे्रभीरमा लाटो निद्रा– रामेश्वर राउत ‘मातृदास’

खाङ्गे्रभीरमा लाटो निद्रा– रामेश्वर राउत ‘मातृदास’


indreniहोसियार हरेक पाइलामा हुनैपर्छ
नभए युगौँदेखि साउने झरी रुनुपर्छ

यी पीडाका पोका हन्डरका भारी
निल्ने सोच लिई आए अस्तित्वलाई मारी
विध्वङ्सले भेटेसम्म हुने–नहुने गर्छ
होसियार हरेक पाइलामा हुनैपर्छ
नभए युगौँयुग…

खाङ्गे्रभीरमा लाटो निद्रा अति भो उठौँ
जल, वायु, अग्नि, आकाश धरतीमा जुटौँ
अन्तर जाज्वल्यमान ज्योति जगाएर घेर्नैपर्छ
होसियार हरेक पाइलामा हुनैपर्छ
नभए युगौँयुग…
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती