सीसीसी मुटुको समग्र जाँच -सम्झना शाक्य

सीसीसी मुटुको समग्र जाँच -सम्झना शाक्य


पृष्ठभूमि
प्रायजसो नेपाली आफूलाई केही नभईकन जाँच गराउन जाँदैनन् । अझ सानोतिनो समस्याका लागि पनि घरायशी उपाय नै अपनाउनेतर्फ लाग्छन् । सानोतिनो रोग त त्यत्तिकै पचाइन्छ वा पचाउनुपर्छ भन्ने कथन पनि सुन्न पाइन्छ । अति नै साह्रोगरी रोगले च्यापेपछि वा ओछ्यान नै परेपछि बल्ल जचाउन जाने चलन छ । यस्तो संस्कृतिका बाबजुद हिजोआज कतिपय मानिसले चाहिँ स्वस्थ नै रहे पनि वारि्षक जाँच-पडताल गराउने गरेका पाइन्छन्, जुन राम्रो कुरा हो । जाँच-पडतालको कुरा गर्दा प्रत्यक्ष सरोकार राख्ने कुरा भनेको पैसा हो । कतिपय मानिस आर्थिक स्रोतको अभावले गर्दा पनि स्वास्थ्य परीक्षण गर्न हिच्किचाउँछन् । यद्यपि, रोग लाग्नुभन्दा यसको रोकथाम गर्नु जाती हो भन्ने कुरा सबैले मनन गर्नुपर्छ । यस्ता जाँच-पडतालहरूमा लगानी गर्नु भनेको स्वास्थ्यमा लगानी गर्नु हो । यसैले कुनै पनि रोगको रोकथाममा लगानी गर्न हिच्किचाउनुहँुदैन । मानिसको स्वास्थ्यको समग्र जाँच-पडताल गर्न विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरू हुने गर्दछन्, तीमध्ये एक हो सीसीस्ाी अर्थात् कम्प्लिट कार्डियाक चेकअप वा अर्को शब्दमा, मुटुको समग्र परीक्षण ।
स्ाीसीसीको परिचय
मुटुको समग्र परीक्षण भन्नाले मुटुका सम्पूर्ण रोगको जाँच-पडताल भन्ने बुझिन्छ, तर स्ाीसीसीमा विशेषगरी कोरोनरी मुटुरोगको विस्तृत परीक्षण गरिन्छ । मुटु एउटा मांसपेशीय अङ्ग हो, यसले शुद्ध रगत पम्प गरी शरीरका सम्पूर्ण भागमा रगत सञ्चालन गर्छ । मुटुका आप\mनै मांसपेशीलाई पनि शुद्ध रगत चाहिन्छ । मुटुका मांसपेशीहरूलाई शुद्ध रगत प्रवाह गरिदिने रक्तनलीहरूलाई कोरोनरी रक्तनली भनेर भनिन्छ । यी रक्तनलीभित्र बोसोलगायत अन्य फोहोर जम्यो भने यिनीहरू साँगुरिन पुग्छन् । फलस्वरूप बिरामीलाई छाती दुख्ने, स्वाँ-स्वाँ हुने गर्दछ । यी रक्तनलीहरू पूर्ण रूपमा बन्द भएमा हृदयाघात हुने गर्छ । विश्वमा कोरोनरी मुटुरोग मृत्युको प्रमुख कारण हो । विकसित राष्ट्रहरूमा मृत्युको पहिलो कारण नै मुटुरोग हो । नेपालमा करिब ५ प्रतिशतजति जनसङ्ख्यामा कोरोनरी मुटुरोग भएको पाइन्छ । त्यस्तैगरी २० प्रतिशतजति मानिसलाई उच्चरक्तचाप भएको पाइन्छ ।
उद्देश्य
सीसीसी जाँच गर्दाखेरि कोरोनरी रोगको जोखिमहरूको मूल्याङ्कन गर्नुका साथै कोरोनरी मुटुरोग छ कि छैन यदि छ भने पनि कुन अवस्थामा छ भन्ने पत्ता लाग्दछ । यस्तो परीक्षणको प्रमुख उद्देश्य बिरामीहरूको कोरोनरी मुटुरोगको जोखिमको मूल्याङ्कन गर्नु हो । यसबाट गम्भीर खालका मुटुरोग हुनबाट बचाउन मद्दत पुग्दछ । साथै स्ाीसीसी गराउने व्यक्तिहरूले समयमै मुटुरोग रोकथामका बारेमा जानकारी पाउने अवसर पनि मिल्छ । यसबाट स्वस्थ जीवनयापनका लागि प्रेरणा मिल्दछ ।
कोरोनरी रक्तनलीहरू साँघुरिने प्रक्रिया विस्तारै हुन्छ । यो एकैपटकमा साँगुरिने होइन । त्यसैले बिरामीले रोगको विकासकालीन अवस्थामा केही थाहा पाउँदैन जब यसले रक्त सञ्चारमा नै बाधा पुर्‍याउन थाल्दछ तब मात्र बिरामीलाई लक्षणहरू देखापर्ने गर्छ । यसैले यस्ता रोगले च्याप्नुअगाडि नै परीक्षण गरी हृदयाघातजस्ता गम्भीर कोरोनरी मुटुरोगबाट बचाउने प्रयास गर्नु यो परीक्षण अर्को महत्त्वपूर्ण उद्देश्य हो । कोरोनरी मुटुरोग मात्र नभई सीसीसी परीक्षणबाट तपाईंलाई मधुमेह छ कि छैन, उच्च रक्तचाप छ कि छैन र उच्च कोलेस्टेरोल छ कि छैन भन्नेसमेत थाहा हुन्छ ।
सीसीसीमा के-के परीक्षण गरिन्छ ?
यसमा मुटुको समग्र परीक्षण गर्न आवश्यक सम्पूर्ण जाँच-पडताल गरिन्छ । यसमा रक्तचापको जाँच, रगतको जाँचर्,र् इसीजी, इको, टीएमटी, छातीको एक्स-रे आदि गरिन्छ । रगतको जाँचमा हेमोग्लोबिन, श्वेत रक्तकणहरू, प्लेट्लेट्सलगायतका परीक्षण गर्नुका साथै, कोलेस्टेरोल, किड्नीको कार्य क्षमताको जाँच, कलेजोको कार्यक्षमताको जाँच, रगतमा चिनीको मात्राको जाँच गर्ने गरिन्छ। इसीजी जाँच भन्नाले मुटुको चाललाई ग्राफपेपरमा निकालेर अध्ययन गर्ने जाँच हो । यसले मुटुको चालको गोलमाललगायत मुटुको मांसपेशीहरूको अवस्थासमेत अध्ययन गर्न सकिन्छ ।
अर्को जाँचर् इको अर्थात् इकोकार्डियोग्राफी जाँच हो । यसमा मुटुको भिडियो एक्स रे गरेर हेरिन्छ । यसबाट मुटुका बनावट, भल्भहरू, मुटुका कोठाहरूको साइज र मुटुको कार्य क्षमता मूल्याङ्कन गर्न सकिन्छ ।
टीएमटी जाँच भनेको पनिर् इसीजी जाँच गरेजस्तै हो तर यसमा बिरामीलाई ट्रेडमिलमा दौडाएर शारीरिक श्रम गरेको बेला मुटुमा कुनै परिवर्तन आउँछ कि आउँदैन भनी परीक्षण गरेको हुन्छ । कोरोनरी रक्तनली साँगुरिएका बिरामीहरूको अवस्था यो परीक्षणबाट थाहा हुन्छ । यदि यो परीक्षणमा केही खराबी देखियो भने त्यस्ता बिरामीलाई मुटुको एन्जियोग्राम पनि गर्नुपर्ने हुन सक्दछ । स्ाीसीसीको प्याकेजभित्र एन्जियोग्राम पर्दैन ।
एन्जियोग्राम भनेको मुटुका कोरोनरी रक्तनलीहरूको परीक्षण गर्ने विशेष तरिका हो । यसबाट कोरोनरी रक्तनली कहाँनिर साँगुरिएको छ, कति प्रतिशत साँगुरिएको छ र अब के उपचार गर्नुपर्छ भन्ने कुरा निक्र्योल गरिन्छ । सीसीसीअन्तर्गतका सम्पूर्ण परीक्षणहरू मुटुरोग विशेषज्ञको सुपरीवेक्षणमा गरिन्छ । सीसीसीको चेकलिस्ट (चिकित्सकको सल्लाहबमोजिम हेरफेर पनि हुनसक्छ ।)
कसले गराउने ?
सीसीसी जाँच जो-कोही वयस्क मानिसले गराउन सक्छन् । हाल आएर दक्षिण एसियाका बासिन्दामा महिला ३५ उमेर नाघेमा र पुरुष २५ वर्ष उमेर नाघेमा कोरोनरी मुटुरोगको जोखिम हुन सक्दछ भन्ने नयाँ धारणा आएका छन् । हुन त पहिला-पहिला ४० वर्ष नाघेपछि मात्र मुटुरोग लाग्न सक्छ भन्ने भनाइ थियो तर हाल आएर भर्खरका युवा तथा वयस्कहरूमा पनि यो समस्या देखिन थालेको हुनाले छिटो जाँच गर्दैमा केही बिग्रँदैन । कोरोनरी रोगको जोखिममा परेका व्यक्तिहरूले यो जाँच गरेमा बढी फाइदा पुग्दछ ।
निम्न समूहमा पर्ने व्यक्ति कोरोनरी मुटुरोगको जोखिममा परेका हुन सक्छन् :
वृद्धवृद्धाहरू, मधुमेह भएका बिरामीहरू, उच्च रक्तचाका बिरामीहरू, उच्च कोलेस्टेरोल भएका बिरामीहरू, मोटोपना भएका व्यक्तिहरू, परिवारमा मुटुरोग भएका व्यक्तिहरू कोरोनरी मुटुरोगको जोखिममा पर्छन् । यस्ता व्यक्तिहरूले ढिलो नगरीकन मुटुको समग्र परीक्षण गराउनुपर्छ ।
कहाँ र कसरी गराउने ?
नेपालमा विभिन्न स्वास्थ्य संस्थाहरूले यो सेवा प्रदान गर्दै आएका छन् । तीमध्ये सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नरि्भक हस्पिटल तथा लाइफकेयर हस्पिटल केही प्रमुख स्वास्थ्य संस्थाहरू हुन् । यसको खर्च ३५ सयदेखि पाँच हजारसम्म पर्छ । तर, बिरामीले यो खर्चमा कुन-कुन जाँच हुन्छ भनी बुझेर परीक्षण गराएमा राम्रो हुन्छ । इच्छुक व्यक्तिहरूले सम्बन्धित स्वास्थ्य संस्थामा सर्म्पर्क गरी जाँच गराउन जान सक्दछन् । जाँच गराउन जाँदाखेरि आप\mना पुराना रिपोर्टहरू पनि लिएर जानुपर्छ । यसो गरेमा टेस्टहरू दोहोरिँदैनन् । यदि कुनै औषधि खाइराख्नुभएको छ भने सो पनि साथमा लैजानुपर्छ । हामीले बुभ\mनुपर्ने कुरा के हो भने यो परीक्षण मात्र भएकोले यसमा कुनै उपचारको खर्च गाभिएको हुँदैन । त्यसैले अरू थप उपचार गर्नु परेको खण्डमा थप खर्च लाग्न सक्दछ । यदि परीक्षणपश्चात् सबै कुरा राम्रो नै भएमा अर्को जाँच कहिले गर्ने भनी चिकित्सकसँग सल्लाह गर्नुहोस् । कुनै समस्या देखिएमा आफूलाई कुन रोग लागेको, त्यसको बारेमा स्पष्ट बुझेर आउनुहोस् । चिकित्सकसँग स्वस्थ खानपान र कोरोनरी रोगको रोकथामको बारेमा छलफल गर्न नबिर्सनुहोस् । जचाउन जाँदा खाली पेटमा जानुपर्छ भन्ने पनि हेक्का राखिराख्नुहोस् ।
निष्कर्ष
मुटुरोगको उपचार खर्चिलो र गाह्रो छ तर रोकथाम भने सरल र सस्तो छ । मुटुरोगको रोकथाममा सहभागी बनौँ ।
(लेखिका सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रकी वरिष्ठ स्टाफ नर्स हुन् ।)