सुरक्षा कारबाहीमा दश लडाकु मारिए

सुरक्षा कारबाहीमा दश लडाकु मारिए


अफगानिस्तानको सरकारी सुरक्षाफौजले लडाकु विमानको सहयोगमा गरेको कारबाहीका क्रममा १० जना तालिबान लडाकु मारिनुको साथै १२ जना पक्राउ परेका छन् ।

अफगानिस्तानको पूर्वीभागमा पर्ने घाज्नी प्रान्तको काराबाह जिल्लामा लुकेर बसेका तालिबान लडाकुलक्षित सो कारबाही गरिएको अफगान सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कारबाहीमा तालिबान समूहका कुख्यात कमान्डर अब्दुल अहमद पनि मारिएको विज्ञप्तिमा जनाइएको छ । करिब १७ वर्षदेखि अफगान सरकारसँग युद्ध जारी राखेका तालिबान लडाकुले भने यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् ।