रेल र सडक सम्पर्कबारे अभूतपूर्व सम्मेलनको तयारीमा दुई कोरिया

रेल र सडक सम्पर्कबारे अभूतपूर्व सम्मेलनको तयारीमा दुई कोरिया


उत्तर कोरिया र दक्षिण कोरियाले रेल र सडक सञ्जाल जोड्ने बारेमा अभुतपूर्व सम्मेलन आयोजना गर्ने भएका छन् ।

दुई देशको सीमा क्षेत्रमा यस्तो सम्मेलन आयोजना गर्ने बारेमा दुई देशले गत मंगलबार सहमति गरेको हो ।

दुई कोरियाका बीचमा रेल र सडक सञ्जाल जोड्नका लागि प्रक्रिया अगाडी बढाउन सम्मेलन आयोजना गर्न लागिएकोे दक्षिण कोरियाको एकीकरण मन्त्रालयलाई उद्धृत गर्दै सिँह्वाले जनाएको छ ।

सम्मेलनमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन पनि सहभागी हुने छन् । यही वर्ष सन् २०१८ को अन्त्य हुनुपूर्व आउँदो डिसेम्बरको २६ तारिखका दिन सम्मेलन गर्ने तय भएको जनाइएको छ ।

सम्मेलन दुई देशको सिमा क्षेत्रमा पर्ने काएसोङको पान्मुनमा हुने तय भएको छ । सम्मेलनमा दुवै देशबाट झण्डै एक सय जना विशिष्ट अधिकारीहरू सहभागी हुने भएका छन् ।