आजको राशिफल (सोमबार, २ पुस २०७५, डिसेम्बर १७, २०१८)

आजको राशिफल (सोमबार, २ पुस २०७५, डिसेम्बर १७, २०१८)


जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष : हाँस–विलास, भ्रमण आदिमा रुचि बढ्ला । खेलकुदप्रति आकर्षित भइएला । योजना र बजेट बनाई काम गर्नु उचित होला ।

बृष : अन्न धन बढ्ने छ । आय वृद्धि होला । दैनिक कार्य राम्ररी चल्नेछ । सापटी दिइएको रकम उठ्ला । इच्छा पूरा होला ।

मिथुन : कार्यमा सफलता मिल्नेछ । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । यश वर्चश्वमा वृद्धि हुनेछ ।

कर्कट : शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्ला । यात्राको योग छ । ख्याति फैलिने छ ।

सिंह : कुनै प्रकारको जोखिममा नपर्नु शुभ रहला । स्वास्थ्य तथा चोटपटक लाग्ने कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।

कन्या : सुख–शान्तिमा वृद्धि हुनेछ । साझेदारीको काम बन्ला । मिठो भोजन खान पाउनुहुनेछ ।

तुला : आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । शत्रुलाई जित्ने शक्ति बढ्ला । आफन्तको सहयोग मिल्नेछ ।

वृश्चिक : सुख–शान्ति मिल्नेछ । इष्टमित्रको मद्दत मिल्नेछ । अध्ययन–अध्यापनमा रुचि बढ्ला । प्रेममा सफलता मिल्ला ।

धनु : भागदौड रहला । खर्च बढेको अनुभूति हुनेछ । विवाद आदिमा नपर्नु उचित हुनेछ । स्वास्थ्य विशेषगरी पाचनतन्त्रप्रति ध्यान राख्नुपर्नेछ ।

मकर : आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । इष्टमित्रको सहयोग पाइनेछ ।

कुम्भ : धन–मान बढ्नेछ । सुख आनन्द बढ्नेछ । सभा–समारोहमा सम्मानित हुनुहुनेछ । गौरवमा वृद्धि होला ।

मीन : दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा बढोत्तरी होला । सुख–शान्तिको अनुभूति हुनेछ ।

यस साताको राशि हेर्नुहोस्–

साताको राशिफल (२९ मङ्सिर–६ पुस ०७५, १५–२१ डिसेम्बर २०१८)
https://ghatanarabichar.com/129233