उत्तर कोरियाले अमेरिकाद्वारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई रोक्न चेतावनी दिएको हो ।
यस वर्ष गएको जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा निशस्त्रीकरणको विषयमा सहमति भएको थियो । तैपनि सो विषयमा पछिल्लो समयमा प्रगति हुन सकिरहेको छैन ।
सिंगापुर बैठकमा भएको सहमतिअनुसार यी दुई नेताले उत्तर कोरियामा निशस्त्रीकरण गर्नेबारे हस्ताक्षर गरेका थिए । तर, त्यसपछिका दिनहरू सहज हुन सकेका छैनन्, वार्तामा पछिल्लो समयमा अवरोध उत्पन्न हुने गरेको छ ।
अमेरिका अहिलेकै अवस्थामा बिनासर्त उत्तर कोरिया निशस्त्रीकरण गरोस् भन्नेमा छ । तैपनि यस विषयमा उत्तर कोरिया भने अमेरिकाले लगाउँदै आएका नाकाबन्दीहरूलाई फुकाइदेओस् र हटाओस् भन्ने चाहन्छ ।
अहिले उत्तर कोरियाले अमेरिकाले लगाएका नाकाबन्दीहरू तत्कालै नहटाउने हो भने निशस्त्रीकरणको प्रक्रिया पनि आरम्भ नहुने र आगामी दिनमा पनि यो प्रक्रियाले कहिल्यै पूर्णता नपाउने भनेको छ ।
अमेरिका अहिलेकै अवस्थामा बिनासर्त उत्तर कोरिया निशस्त्रीकरण गरोस् भन्नेमा छ । तैपनि यस विषयमा उत्तर कोरिया भने अमेरिकाले लगाउँदै आएका नाकाबन्दीहरूलाई फुकाइदेओस् र हटाओस् भन्ने चाहन्छ ।
अमेरिकाले गत हप्ता उत्तर कोरियाली तीन अधिकारीका विरुद्धमा मानवअधिकार हननको आरोप लगाएको छ । उनीहरूका विरुद्ध पनि अमेरिकाले नाकाबन्दी जारी गरेको छ । तीमध्येका एकजना चो योङ हाय उत्तर कोरियाली नेता किमका दाहिने हात मानिन्छन् ।
उत्तर कोरियाली सरकारको विज्ञप्ति उद्धृत गर्दै यहाँको सरकारी समाचार समिति केसीएनएले भनेको छ– अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार आफ्ना अभिव्यक्तिबाट उत्तर कोरियासँगको सम्बन्धमा सुधार ल्याउने चाहन्छन्, तैपनि अमेरिकी विदेश मन्त्रालयले भने बारम्बार उत्तर कोरियाविरुद्ध नाकाबन्दीका साथै सम्बन्धलाई गत वर्षकै अवस्थामा पु¥याउने खेल प्रदर्शन गरिरहेको छ ।
अहिले अमेरिकी विदेश मन्त्रालयले हरेक हप्ताजस्तो विज्ञप्ति प्रकाशन गरेर उत्तर कोरिया पछिल्लो समयमा कपटपूर्ण काममा लागेको र उसले निशस्त्रीकरणको लागि प्रक्रियाको आरम्भ नै नगरेको बताउने गरेको छ । उता उत्तर कोरियाले भने आपूm सिंगापुर सम्झौताको पक्षमा इमानदारिताका साथ लागिपरेको, तर त्यस सम्झौताबमोजिम अमेरिका भने नाकाबन्दी हटाउने पक्षमा नदेखिएको जनाएको छ ।
प्रतिक्रिया