विद्युतगृहको बेरिङ फुटेपछि गाउँ अन्धकार

विद्युतगृहको बेरिङ फुटेपछि गाउँ अन्धकार


बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि गाउँ अन्धकार बनेको छ छ ।

त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको उक्त साना जलविद्युत् एक सातादेखि अवरुद्ध हुँदा विभिन्न कार्यालय, सञ्चारमाध्यमको दैनिक कामकाजमा व्यवधान उत्पन्न भएको छ । गएको मंसिर २८ गतेबाट विद्युतगृहको यन्त्रको पार्टपुर्जा बिग्रिएपछि विद्युत सेवा अवरुद्ध भएको त्रिवेणी साना जलविद्युत केन्द्रका निमित्त व्यवस्थापक गणेश शाहीले बताए ।

उनका अनुसार विद्युतगृहको बेरिङ टुटेपछि सेवा अवरुद्ध भएको बताए । बेरिङ भारतबाट ल्याउन लागेकाले विद्युत नियमित सञ्चालन हुन अझै एक हप्ता लाग्ने निमित्त व्यवस्थापक शाहीको भनाइ रहेको छ । ०४२ मा निर्माण भएको उक्त विद्युतको यन्त्र नफेरिँदा पटकपटक विद्युत् सेवा अवरुद्ध हँुदै आइरहेको छ । अवरुद्ध यन्त्र बनाउने कार्य भइरहेको त्रिवेणी साना जलविद्युत् केन्द्र बाजुराले जनाएको छ ।