१२ दिनदेखि बेपत्ता

१२ दिनदेखि बेपत्ता


इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् ।

सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मंसिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् । २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिए । बालिका घर नफर्के पनि आफन्तकोमा गएको आशंकामा बेलुका नखोजिएको, तर दुई दिनसम्म नफर्केपछि खोजी कार्य शुरु गरिएको गुरुङले बताए ।

बालिकाका परिवार, आफन्त र प्रहरीले समेत बालिकाको खोजी गरे पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका हवल्दार विजय राईले जानकारी दिए । बालिका गाउँकै राष्ट्रिय आधारभूत विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् ।