चार न्यायाधीश सम्मानित

चार न्यायाधीश सम्मानित


न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दोसल्ला ओढाइ उत्कृष्ट छनोट भएका न्यायाधीशलाई सम्मान गरे ।

सम्मानित न्यायाधीशमा विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ, जिल्ला न्यायाधीश महोत्तरीका न्यायाधीश ब्रजेश प्याकुरेल र डडेलधुराका न्यायाधीश चन्द्रमणि ज्ञवाली रहका छन् ।

सो अवसरमा प्रधानन्यायाधीश मिश्रले न्याय परिषद् बुलेटिनको विमोचन गरेका थिए । समारोहमा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का पदाधिकारी, मुख्य रजिष्ट्रार, मुख्य न्यायाधीश, न्यायाधीश, सचिव र नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसी तथा पदाधिकारीको उपस्थिति थियो ।